असल अभ्यास सिकाई कार्यशालाबाट ७ बुँदे संकल्प पारित
सिन्धुली : जिल्ला सहकारी संघ, सिन्धुलीले आयोजना गरेको सहकारीको असल अभ्यास सिकाई कार्यशाला ७ बुँदे संकल्प पारित गर्दै सकिएको छ । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियानको सुदृढिकरणको लागि चैत १९ र २० गते दुई दिवसिय कार्यशाला संचालन गरेको थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कारसाङ लामाले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यशालामा विभिन्न ७ विषयमा नेपालका उत्कृष्ठ सहकारीका प्रमुख कार्यकारी अधिकृत तथा संचालक एवं उन्त्प्रेक व्यक्तित्वहरुले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सिन्धुलीका ९ वटै स्थानिय तहका ३१२ सहकारी कर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा “सहकारीको छविमा विस्तारः अभियान र सरकार एकाकार” विषयमा प्रोस्कून उपाध्यक्ष कल्पना श्रेष्ठ, “अवको सहकारीको अवाश्यक्ता, एक सहकारी एक उत्पादनको व्यवस्था” विषयमा एन. एम. सि. झापाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, सहकारीको संस्कारित अभ्यास : स्वनियमन र शुसासनको विकास” विषयमा मेची सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद वगालेको सहजीकारण गरेका थिए ।
त्यसैगरी “सहकारीको सफलताका लागि स्वः उत्पे्ररणा र सकारात्मक उर्जा” विषयमा विश्व उत्पेरक शिक्षक रमण भट्टराई, “संहकारीको शुद्धिकरण : एकिकरण र वर्गिकरण” विषयमा जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, “संहकारीमा विमा जोखिम न्यनिकरणको सिमा” विषयमा सन नेपाल लाइफ इन्सुरेन्सका रणनितिक प्रमुख दिव्येश झा, र “सहकारीको रुपान्तरणःअभियान र अभियन्तामा पुनरर्जागरण” विषयमा राष्ट्रिय सहकारी महाँसंघका संचार अधिकृत राम सुधन तिमल्सिनाले सहजीकारण गरेका थिए ।
दुईदिन सम्म संचालन भएको कार्यशालाले सिन्धुलीको सहकारी अभियानलाई सुधार्न सहकारीको ७ बुँदे प्रतिवद्धताको संकल्प संकल्प पारित गरेको छ ।
७ साझा संकल्प
१) सहकारीको छविमा विस्तार गर्नका लागि सम्वन्धीत पालिका सरकार संग सहकार्य गरि समस्याको पहिचान, वर्गिकरण र निरुपणका विधिहरु निर्माण गर्ने कार्यका लागि साझा संजालको अभियानमा जोडिन प्रतिवद्ध छौं ।
२) सहकारी संस्थाको सुदृढीकरणका लागि उदेश्य अनुरुप कार्य गर्ने, एक व्यक्ति एक सहकारीको संचालकमा मात्र रहने र सवै प्रकृतिका सहकारीले एक सहकारी एक व्यवसायकि उत्पादन मुलक कार्य गर्न प्रतिवद्ध छौं ।
३) न्युनतम दुई करोड भन्दा वढी वित्तीय तथा व्यवसायीक कारोवार गर्ने सहकारी संस्थाहरुले प्रविधिको प्रयोग गरि संस्था संचालन गर्न प्रतिवद्ध छौ ।
४) सहकारी तथा सदस्यको जोखिमको न्यूनीकरणका लागि जोखिम स्थानान्तरणका गर्न उपयुक्त विधी र प्रकृयाको छनौट र उपयोगमा गर्न प्रतिवद्ध छौ।
५) सहकारी अभियानको एकै किसिमको सहकारी संस्कृतिको विकास गराउन लागि सहकारीमा सुशासन एवम् सहकारीमा स्वःनियमन कायम गर्न प्रतिवद्धता व्यक्त गर्दछौं ।
६) सहकारीको संख्यात्मक ५१७ लाई न्युनिकरण गरि गुणात्मक सहकारी २५८ कायम गर्न कम्तिमा २ वटा सहकारी एक आपसमा एकिकृत भई १ गुणात्मकम सहकारी वन्न प्रतिवद्ध छौ ।
७) सहकारी अभियानको संस्कारित अभ्यासलाई आत्मसाथ गर्दै जिल्ला सहकारी संघले जारी गरेको सहकारी संंस्कार मार्गदर्शन २०८० लाई पालन गर्न पर्न प्रतिवद्ध छौ ।
सहकाकारी दिवसको अवसरमा १८ गते रक्तदान तथा २० गते अस्पतालका विरामारीहरुलाई फलफुल वितरण तथा साँझमा दिप प्रज्वलन सहित समापन गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
