सहकारी लोक दोहोरी प्रतियोगिता: श्री नवदुर्गा प्रथम र बुडोल सामुदायिक दोस्रो
काभ्रे : ६७ औं राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोक जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । मंगलबार सहकारीबीच लोक दोहोरी प्रतियोगितामा ३० सहकारीको सहभागिता रहको थियो ।
दोहोरी प्रतियोगितामा सहकारी सम्बन्धि सन्देशमुलक लोकदोहोरी गीत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा श्री नवदुर्गा साकोसले प्रथम, बुडोल सामुदायिक साकोसले दोस्रो, अग्रसर पञ्चामृत बहुउद्देश्यीय सहकारीले र कल्याणकारी बहुउद्देश्यीय सहकारीले सान्त्वना स्थान हासिल गरेको जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकका अध्यक्ष दिलिप शर्माले जानकारी दिए ।
प्रतियोगिताका प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपालका केन्द्रिय उपाध्यक्षद्वय सुवास केसी र राधिका हमाल, राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपाल बागमती प्रदेशका अध्यक्ष बासु सिमखडा र वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा निर्णायक भूमिकामा थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार