प्रकाशकीय: सहकारीखबर १२ वर्ष प्रवेश

‘नेपालको पहिलो सहकारी डिजिटल पत्रिका’ सहकारीखबर आजबाट १२औं वर्ष प्रवेश गरेको छ । यो सुखद् अवसरमा हाम्रा लाखौं पाठक, सूचना प्रदायक, विज्ञापनदाता र शुभेच्छुकप्रति असिम कृतज्ञता व्यक्त गर्दछौं ।
सहकारी क्षेत्रमा निष्पक्ष र व्यावसायिक पत्रकारिताको स्वतन्त्र र बिशिष्ट अभ्यासको उद्देश्यसहित सहकारीखबरको २०६९ चैत्र २० गते पर्दापण भएको थियो । हाम्रो उपस्थिति सहकारी क्षेत्रका सकारात्मक गतिविधिहरुको प्रचारप्रसार र कमीकमजोरीहरु औल्याउने काममा सन्तुलित र न्यायपूर्ण रहेको छ । प्रमाण यसको बढ्दो लोकप्रियता, विश्वसनीयता र प्रभावकारीता हो ।
मूलधारको सञ्चारमाध्यमबाट ओझेलमा परेका सहकारी गतिविधिहरु हाम्रा खुराक हुन् । सहकारीमार्फत समाज रुपान्तरण सम्भव छ । सदस्य र समुदायसँगै समग्र मुलुकको विकास सम्भव छ । तर, यसको पूर्व सर्त सुशासन, पारदर्शिता, सदस्य केन्द्रीयता र निष्पक्षता अनि विवेकपूर्ण प्रजातान्त्रिक आचरण र अभ्यास हो भन्नेमा दुई मत छैन । २१ औं शताब्दीको पत्रकारिताले पनि हिजो भन्दा बढी विवेक, सुशासन र पारदर्शिता अनि प्रजातन्त्रको माग गर्दछ । सहकारीखबर यस विषयमा सचेत छ ।
सहकारी क्षेत्रमा सबैभन्दा ठूलो सञ्जाल र सम्पर्क भएको सहकारीखबर पाठकहरुको बदिलिदो रुचि र समयको माग सम्बोधनबाट अविचलित रहने प्रण गर्दछ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार