मन्त्री खत्रीले प्रदेशमा सहकारीमैत्री वातावरण निर्माण गर्न सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
नेकपा एमाले कोशी प्रदेशका प्रमुख घनश्याम खतिवडाले लोकतन्त्रमा सहकारी फस्टाउने र ग्रामीण क्षेत्रमा अर्थतन्त्र चलायमान गराउन सहकारीको भूमिका महत्वपूर्ण रहेको विचार राखे । आयोजक समितिका अध्यक्ष डा डिल्ली पोखरेल, राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल लगायतले मुलुकमा एक सय वटा सहकारीमा देखिएको समस्याका कारण यो क्षेत्र बदनाम भएकाले यसको समाधान गर्न राष्ट्रिय सहकारी ऐन कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका थिए ।
मोरङ जिल्लाभित्र एक हजार ४० सहकारी छन् । ती सहकारीमा चार लाख ४३ हजार सदस्य रहनुका साथै रु २९ अर्ब कारोबार हुने गरेको तथ्याङ्क छ ।