हरिवनमा पनि मनाईयो सहकारी दिवस
सर्लाही : हरिवन नगर सहकारी सञ्जालको आयोजना र सहकारी संस्थाहरुको सहआयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरि ६७ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ। हरिवन नगरपालिकाको वडा नं. ११ को वडा अध्यक्ष शेष मेहवुब रेजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता सञ्जालको संयोजक राम प्रसाद घिमिरेले गरेका थिए ।
ईलाका प्रशासन कार्यलयको प्रशासकिय अधिकृत राजकुमार थापाले सहकारी दिवसको अवसर पारेर राखेको यस्तो प्रतियोगिताले सहकारीहरुको शाख माथि उठेको बताए । कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुको अध्यक्ष, पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
सनराईज आवासिय मा.वि. को खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सहकारीकर्मी र संचारकर्मी (पत्रकार) बीच भएको हो । सहकारी ११ को नेतृत्व समृद्धि साकोसका अध्यक्ष अर्जुन पन्त र पत्रकार ११ को नेतृत्व पत्रकार महासंघ सर्लाहीको अध्यक्ष टंक क्षेत्रीले गरेका थिए । ६० मिनेटको फुटबल प्रतियोगिता १–१ गोलको बराबरिमा सम्पन्न भएको थियो । सहकारीको तर्फबाट रवि थापा र पत्रकारको तर्फबाट रविन घिमिरेले गोल गरेका थिए ।
कार्यक्रममा सगुन साकोसको अध्यक्ष केशव प्रसाद ढकाल, समाजसेवी भरत कार्की, राजकुमार उप्रेती, बाबुराम घिमिरे, विनोद कार्की उपस्थिति रहेको कार्यक्रमको व्यवस्थापन सगुन साकोसको व्यवस्थापक तथा नेफस्कुन साकोस म्यानेजर क्लव मधेसको संयोजक रविन्द्र रानाले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
