२२ भदौ २०८३, सोमबार

गैंडाकोट ८ लाई ‘पूर्ण सदस्य वडा’ घोषणा गर्दै किसान साकोस

२०८० चैत १९, सोमबार
गैंडाकोट ८ लाई ‘पूर्ण सदस्य वडा’ घोषणा गर्दै किसान साकोस

गैंडाकोट : ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा किसान बचत तथा ऋण सहकारी संस्थाले आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

किसान साकोसले भोली (चैत्र २०) मा गैंडाकोट वडा नं. ८ लाई पूर्ण किसान सदस्य वडा घोषणा गर्दैछ । सोही अवसरमा आज प्रभातफेरी गरिएको विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले जानकारी दिए । किसान बचतको केन्द्रीय कार्यलयबाट सुरु भएको मोटरसाईकल र्यालीमा गैंडाकोट ८ को सम्पूर्ण चोकहरुको परिक्रमा गर्दै गैंडाकोट नगरपालिका अगाडी आएर समापन भएको थियो ।

र्यालीमा संचालक समिति, विजयनगर सेवा केन्द्र उपसमिति, कर्मचारी र सदस्यहरुको उपस्थिती थियो । पूर्ण किसान सदस्य वडा घोषणा कार्यक्रम चैत्र २० गते बिहान ११ बजे विजय आधारभूत विद्यालय, विजयनगर, गैंडाकोट ८ को प्रङ्गणमा हुँदै छ ।

उक्त कार्यक्रममा सम्पूर्ण सदस्यज्यूहरु र शुभचिन्तकहरुलाई संस्थाका अध्यक्ष भोजराज पौडेल आमन्त्रण गर्दै कार्यक्रम समापन गरेका थिए ।

नौट समितिका संयोजक हस्त परियार, आयोजक संस्थाका सदस्यलगायतको उपस्थिति थियो । May be an image of text that says 'सूचना सूचना सूचना! आदरणीय शेयर सदस्यज्यूहरु, यही मिति २०τ० चैत २० गते मंगलबारका दिन ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गैंडाकोट नगरपालिका वडा नं. て लाई किसान सदस्य वडा घोषणा कार्यक्रम आयोजना गरिएकाले संस्थाका सम्पूर्ण कार्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराउददैं। साथै ३६५ दिने सेवा प्रदान गर्ने गैंडाकोट केन्द्रिय कार्यालय, पत्वदृष्टि सेवाकेन्द्र दलदले र कावासोती सेवाकेन्द्रमा सिमित कारोबारको लागि दिउसो ११ बजे देखी १ बजे सम्म खुल्ला रहने व्यहोरा जानकारीका लागि अनुरोध छ। किसान लागि सुरक्षाको बचत तथा ऋण सहकारी संस्था लि. समूद्द सदस्य, KISCCU IKisan Saving & Credit Co-operative दिगो साकोस E-mail: info@kisan.org.np Web: www.kisan.org.np Facebook: Kisan SACCOS'

अभिलेख

लोकप्रिय