२२ कात्तिक २०८३, आईतवार

सहकारी दिवसको अवसरमा सगुन साकोसद्वारा सामाजिक कार्य

२०८० चैत १९, सोमबार
सहकारी दिवसको अवसरमा सगुन साकोसद्वारा सामाजिक कार्य

हरिवन (सर्लाही) :  ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा हरिवन नगरपालिका-११ मा प्रधान कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सामाजिक कार्य गरेको छ ।
संस्थाले तीन दिवसीय कार्यक्रम अन्तर्गत हिजो (आइतबार) पहिलो दिन ७ वटा विद्यालय र एउटा समिक्षालयमा पंखा, डष्टविन र पानीको जार वितरण गरेको हो ।

संस्थाले बागमती नगरपालिकास्थित कर्मैया आदर्श जनता क्याम्पसमा १० थान सिलिङ पंखा, जनता माध्यमिक विद्यालय थिङटोलमा ५ थान डस्टबिन र शेरजग चोक समिक्षालयमा १ थान डस्टबिन प्रदान गरिएको संस्थाका व्यवस्थापक रवीन्द्र रानाले जानकारी दिए । त्यसैगरी हरिवन नगरपालिकास्थित चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयमा ५ थान डष्टबिन र १ थान पानीको जार, सगुन शिक्षा आवासिय विद्यालयमा ५ थान डस्टबिन र एक थान पानीको जार, महादेव जनता नमूना माध्यमिक विद्यालयमा ५ थान डस्टबिन र १ थान पानीको जार, जनजागृति माध्यमिक विद्यालय बेतालीमा ५ थान डस्टबिन र १ थान पानीको जार र चुरे आधारभूत विद्यालयमा ३ थान डस्टबिन र २ थान पानीको जार प्रदान गरिएको व्यवस्थापक रानाले जानकारी दिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष केशव ढकाल, सचिव राजकुमार उप्रेती लगायत पदाधिकारी र कर्मचारी उपस्थित थिए ।

संस्थाले आज चतुर्भूजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरीमा जिल्लाका क्याम्पसहरुको सहभागितामा निबन्ध प्रतियोगिता आयोजना गरेको छ भने भोली (चैत्र २०) हरिवन नगरस्तरीय सहकारी सन्जालको आयोजनामा भोली सगुनको कार्यालय परिसरमा रक्तदान तथा सनराईज आवासिय विद्यालयको मैदानमा सहकारकर्मी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको छ।

अभिलेख

लोकप्रिय