जनसचेतन साकोसको वित्तीय विवरण प्रकाशित, कुल सम्पत्ति साढे २ अर्ब नाघ्यो
दोलखा : जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले फागुन महिनाको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । संघीय सहकारी विभागको निर्देशन बमोजिम संस्थाले हरेक महिना वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।
प्रकाशित विवरण अनुसार फागुन मसान्तसम्म संस्थाको सेयर पुँजी १६ करोड ६३ लाख ९७ हजार १ सय रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १७ करोड ५८ लाख ६८ हजार ९४ रुपैयाँ, विभिन्न कोषहरुमा ११ करोड ९२ लाख ३२ हजार १ सय ४४ रुपैयाँ र कुल संस्थागत पुँजी १७ करोड ८१ लाख ११ हजार ५ सय ७७ रुपैयाँ रहेको छ ।
त्यस्तै कुल बचत १ अर्ब ८४ करोड २३ लाख ७१ हजार ४ सय ३५ रुपैयाँ र लगानी १ अर्ब ७५ करोड ४६ लाख ९२ हजार ७ सय ८५ रुपैयाँ रहेको छ । यस अवधिमा संस्थासँग २२.६४ प्रतिशत अर्थात् ४१ करोड ७० लाख ४९ हजार २ सय ८१ रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ५२ करोड १ लाख ३१ हजार ४ सय १७ रुपैयाँ रहेको छ ।
संस्थामा २७ हजार ८ सय ९५ जना सदस्य रहेका छन् । संस्थाबाट ३ हजार ७ सय ७५ जनाले कर्जा लिएका छन् ।
२०५० सालमा स्थापना भएको जनसचेतन नेपालकै उत्कृष्ट संस्था भित्र पर्दछ । संस्थाको बाह्य ऋण भने शून्य छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार