२२ कात्तिक २०८३, आईतवार

सहकारी पीडितसँत वार्ता गर्न सरकारले गठन गर्यो ‘वार्ता टोली’

२०८० चैत ५, सोमबार
सहकारी पीडितसँत वार्ता गर्न सरकारले गठन गर्यो ‘वार्ता टोली’

काठमाडौं : सरकारले ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’को आह्वानमा सरकारविरुद्ध आन्दोलन गर्दै आएका सहकारीका बचतकर्ताहरुसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले आईतबार मन्त्रीस्तरीय निर्णयबाट सहकारी सम्बन्धी विषयक्षेत्र हेर्ने महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

सहकारी विभागका रजिष्ट्रार सह-संयोजक रहेको समितिमा गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन् । साथै समितिमा विभागीय मन्त्रालयका उपसचिव विष्णु पौडेल सदस्य सचिव रहेका छन् ।

वार्ता टोलीले ‘संघर्षरत पक्षसँग वार्ता एवं छलफल गरी समस्या समाधानका नीतिगत, कानूनी, संरचनागत एवं व्यवस्थापकीय पक्षमा गर्नुपर्ने व्यवहारिक र कार्यान्वयनयोग्य सिफारिस मन्त्रालयमा पेश गर्ने’ जिम्मेवारी पाएको छ ।

मन्त्रालयले सहकारीको बचतकर्ताहरुले गर्दै आएको संघर्षका कार्यक्रमहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ,‘यस विषयप्रति संवेदनशील रहँदै विगतदेखि नै समस्या समाधानको लागि औपचारिक तथा अनौपचारिक ढंगबाट अध्ययन, वार्ता एवं छलफल गर्दै नीतिगत, कानूनी एवं संरचनागत सुधारको लागि मन्त्रालय प्रयासरत रहेको व्यहोरा स्मरण गराउन चाहन्छ ।’

मन्त्रालयले संघर्षका पूर्व निर्धारित सबै कार्यक्रमहरु स्थगित गरी संघर्षरत पक्षका आधिकारिक प्रतिनिधिहरु यस मन्त्रालयबाट गठित वार्ता टोलीसँग वार्तामा बसी वार्ता र संवादबाटै वर्तमान समस्याको समाधानको लागि अग्रसर हुन आह्वान गरेको छ ।

अभिलेख

लोकप्रिय