२२ कात्तिक २०८३, आईतवार

७० प्रतिशत हर्जना छुट गर्ने एकीकृत फ्रेण्डसिप साकोसको निर्णय

२०८० चैत ५, सोमबार
७० प्रतिशत हर्जना छुट गर्ने एकीकृत फ्रेण्डसिप साकोसको निर्णय

दोलखा : जिरी स्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले हर्जनामा ७० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

सञ्चालक समितिको ७१ औं पूर्ण बैठकले भाखा नाघेका ऋणीहरुको हकमा एकमुष्ठ किस्ता तथा ब्याज रकम भुक्तानी गर्दा नियमानुसार लाग्ने हर्जनामा ७० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यसरी छुट पाउन सदस्यहरुले चैत्र महिनाको ३० गतेभित्र भाखा नाघेको किस्ता तथा ब्याज भुक्तानी गर्नको हकमा मात्रै लागू हुने संस्थाले जनाएको छ ।

May be an image of text

अभिलेख

लोकप्रिय