२२ कात्तिक २०८३, आईतवार

जिल्ला सहकारी संघ भक्तपुरको निर्वाचन: यी हुन् साझा र समावेशी उम्मेदवार

२०८० चैत १, बिहिबार
जिल्ला सहकारी संघ भक्तपुरको निर्वाचन: यी हुन् साझा र समावेशी उम्मेदवार

काठमाडौं : जिल्ला सहकारी संघ, भक्तपुरको २५ औं वार्षिक साधारण सभा भोली (चैत्र २ गते) हुँदैछ । शंखधर पार्टी प्यालेसमा हुने साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

संघको नयाँ नेतृत्वका लागि सहकारीकर्मीहरुले साझा र समावेशी समूह बनाएको छ । उक्त समूहले अध्यक्षमा ध्रुब बहादुर रायमाझीलाई चुनावी मैदानमा उतारेको छ ।

पारिजात बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्दै रायमाझी अध्यक्षको उम्मेदवार बनेका हुन् । त्यस्तै उपाध्यक्षमा साहना पसखल, विरेन्द्रभक्त प्रधानाङ्ग, सचिवमा रामप्रसाद कासुला र कोषाध्यक्षमा राजकुमार सिलवालको उम्मेदवारी रहेको छ ।

त्यस्तै सञ्चालकहरुमा सरिता थापा, विकास खड्का, सुलोचना दुवाल, नारायण प्रसाद स्वङमिखा, रत्नप्रसाद प्रजापाती र रित बहादुर जमरकट्टेल रहेका छन् ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा राजभाई जयना र सदस्यहरुमा सावित्री थापा र पुस्कर देउजा रहेका छन् ।

यस समूहलाई अग्रज सहकारी अभियन्ता कैलाशभक्क्त प्रधानाङ्गको समेत समर्थन रहेको छ । प्रधानाङ्ग नेफ्स्कूनका पूर्व अध्यक्ष हुन् ।

यी हुन् साझा र समावेशी उम्मेदवार

साझा र समावेशी समूहको साझा प्रतिवद्धता

अभिलेख

लोकप्रिय