२२ कात्तिक २०८३, आईतवार

‘डिजिटल कन्क्लेभ’मा सहकारीका डिसिजन मेकरको उपस्थिती महत्वपूर्ण रहन्छः महाप्रबन्धक सुब्बा

२०८० फागुन २३, बुधबार
‘डिजिटल कन्क्लेभ’मा सहकारीका डिसिजन मेकरको उपस्थिती महत्वपूर्ण रहन्छः महाप्रबन्धक सुब्बा

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा नेपालमै पहिलो पटक यही चैत्र १ र २ गते ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदैछ । काठमाडौंको याक एण्ड यति होटलमा हुने ‘कन्क्लेभ’को रजिष्ट्रेशन धमाधम भैरहेको छ ।

आयोजक संस्था राष्ट्रिय सहकारी महासंघले रजिष्ट्रेशनको समय सीमा फागुन २५ गतेसम्म मात्रै निर्धारण गरेको छ । उक्त समयसीमा भित्र रजिष्ट्रेशन गर्ने सहकारीकर्मीहरुले मात्रै कार्यक्रममा भाग लिन पाउनेछन् । कार्यक्रममा करिब ३०० जनाको मात्रै सहभागिता रहने महासंघले जनाएको छ ।

कार्यक्रममा सहकारीमा टेक्नोलोजीको सम्भाव्यताहरूमा सहकारीकर्मी, आईसिटी विशेषज्ञ र पोलिसी मेकरहरु गहिरो छलफल हुनेछ । सहकारीमा डिजिटलाइजेसनको महत्व बुझाउन, सहकारीमा डिजिटलाइजेशन र डिजिटलाइजेशन प्रक्रियामा नीतिगत खाडल पहिचान गर्न, डिजिटल सहकार्यका लागि सरोकारवालाहरूबीच सहमतिको विकास गर्न, बलियो सहकारी सफ्टवेयर र साइबर सुरक्षा प्रणाली पहिचान गरी सिफारिस गर्न कन्क्लेभको मुख्य उद्देश्य रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बाले जानकारी दिईन ।

सहकारीका अन्य कार्यक्रमहरु भन्दा ‘डिजिटल कन्क्लेभ’ नितान्त फरक रहेको समेत उनको दाबी छ । ‘अरु कार्यक्रममा फरक फरक विषयमा छलफल हुने गर्दछ तर यो कार्यक्रममा २ दिनसम्म एउटै विषयमा छलफल हुनेछ । ४ वटा मात्रै कार्यपत्र छन् । कार्यपत्रको प्रस्तुती केही मिनेटको मात्रै हुनेछ । कार्यपत्र भन्दा पनि हामी छलफल बढी गर्ने छौं र निचोड निकाल्ने छौं’, उनले भनिन्, ‘राज्यको डिजिटल पोलेसी, अहिले हामी कहाँ छौं?, भिजन २०३० सम्म कसरी जाने, डिजिटल थ्रेटलाई कसरी न्युनिकरण गर्ने विषयमा गहन छलफल हुनेछ ।’

आम सहकारीकर्मीहरुलाई ‘डिजिटल कन्क्लेभ’मा विशेषगरी सहकारी संस्थाका अध्यक्ष लगायत जिम्मेवार पदाधिकारी र व्यवस्थापन प्रमुखहरुको सहभागिता महत्वपूर्ण रहने महाप्रबन्धक सुब्बाले बताईन ।

‘केही सहकारीकर्मीहरुमा यो कार्यक्रम प्रविधिसँग मात्रै सम्बन्धीत हो । यसमा आईटी अफिसर वा आईटीसँग सम्बन्धीम मात्रै सहभागि हुने भन्ने भ्रम परेको छ’, उनले भनिन्, ‘२०३० पछि क्यासलेस, पेपरलेस, ब्रान्चलेसको कुरा महासंघले गरेको छ । त्यसो हुँदा यो कार्यक्रममा संस्थाको डिसिजन मेकरहरुको उपस्थिती महत्वपूर्ण रहन्छ । डिसिजन मेकरहरुले डिजिटलाईजेसन नबुझेर सुखै छैन । त्यही बुझाउनको लागि पनि यो कार्यक्रम तय गरिएको हो ।’

कन्क्लेभको स्पोन्सरमा इन्फोडेभलपर्स प्रा.लि. रहेको छ । इन्फोडेभलपर्स सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान नेपालको नम्बर वान कम्पनी हो । त्यस्तै कन्क्लेभको सपोर्टरमा वैरव टेक्नोलोजी र आकाश डिजिटल पेमेन्ट रहेको छ ।

अभिलेख

लोकप्रिय