चार गाउँलाई ‘वातावरणमैत्री स्वावलम्बन नमुना गाउँ’ बताउँदै सिवाईसी
बागलुङ : चारतारे युवा क्लब सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको संयुक्त आयोजनामा सोमबार बागलुङ नगरपालीका वडा नं. ६ लम्गाउँमा कार्यक्रम सञ्चालन पूर्वको आधारभूत सर्वेक्षण कार्य सम्पन्न भएको छ ।
समुदायको आवश्यकता पहिचान, वातावरणमैत्री विकल्पहरुको अबस्था र सम्भावना, स्थानिय श्रोतको उपलब्धता, परिचालन र समुदायको धारणा, स्थानिय वस्तुको बजार सुनिश्चित्ता र दिगो उत्पादन र बजार प्रणाली, स्थानिय तहमै वातावरणमैत्री अभ्यासहरुको अवस्था, नविकरणीय ऊर्जा प्रविधिको प्रयोगको अभ्यास, वातावरणमैत्री स्वावलम्वन नमुना गाउँ विकासको लागि आवश्यक पुर्वाधारको अवस्था र हाल भई रहेका सफल अभ्यास साथै विगतमा भएका अन्य अभ्यासहरु लगाएतको बारेमा जानकारी लिने उद्देश्यले यो सर्वेक्षण गरिएको हो ।
आधारभुत सर्वेक्षण कार्यक्रममा वस्तुगत अवस्थाको अध्ययन अवलोकन, वातावरणमैत्री गाउँ विकास अवधारणा बारे जानकारी, समुह लक्षित छलफल र मुख्य सुचना दाता छलफल जस्ता क्रियाकलपाहरु ग्रामिण प्रविधि केन्द्रका अधिकृत सानुवावु पण्डितले गरेका थिए । कार्यक्रममा बागलुङ न.पा. वडा नं. ६ का वडा अध्यक्ष रुद्रवहादुर के.सी.ले लम्गाउँ बागलुङ बजारबाट ३ कि.मी. भित्र पर्ने भएकाले यहाँको समुदाय उत्पादनसंग जोडिनु पर्ने बताए । पछिल्लो समयमा वातावरण देखिएको प्रभावलाई कम गर्न नमुना गाउँ विकासको अवधारण निकै उपयुक्त रहेको बताउँदै वडा अध्यक्ष के.सी.ले लम्गाउँलाई नमुना गाउँ बनाउनका लागि वडा, नगरपालीका, प्रदेश र संघबाट गर्नुपर्ने सबै काम आफुले गर्ने प्रतिवद्धता व्यक्त गरे ।
चारतारे युवा क्लव, सिवाईसी नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्नो वार्षिक प्रस्तावित नीति तथा कार्यक्रम अनुसार यस वर्ष जिल्लाका १० गाउँलाई नमुना गाउँ निर्माणका लागि आधारभुत सर्वेक्षण गर्ने र उपयुक्त ४ गाउँ छनोट गरी वातावरणमैत्री स्वावलम्वन नमुना गाउँको रुपमा विकास गर्ने योजना रहेको छ ।
कार्यक्रम सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. तिरुपती सेवाकेन्द्रका सदस्य टेकवहादुर थापाको अध्यक्षता सिवाईसी साकोसका सहायक अधिकृत सचिता खत्रीको स्वागत र सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
