दुग्ध उत्पादक किसानको भुक्तानी तत्काल गर्न सहकारी महासंघको माग

काठमाडौं : दूध बिक्रीको करिब ६ अर्ब रुपैयाँको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै शुरु गरेको सो आन्दोलनमा नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले ऐक्यवद्धता जाहेर गरेको छ ।
छ महिनादेखि दूध बिक्रीको भुक्तानी नहुँदा किसानले ठूलो क्षति व्यहोर्नुपरेको महासंघले जनाएको छ । यस्तो अवस्थामा किसानको गुनासो तत्काल सम्बोधन गर्न सरकारसँग महासंघ जोडदार माग गरेको छ ।
गत मंसिरमा सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रीले नै गरेको सहजीकरणमा पुससम्मको बक्यौता तिर्ने र त्यसपछि नियमित रकम निकासा गर्ने आश्वासन लगायतका विगतमा भएका सम्झौताका बाबजुद पनि बक्यौता वितरण हुन नसकेकोमा महासंघ खेद प्रकट गरेको छ ।
सम्झौता कार्यान्वयन नगर्नाले दुग्ध किसानहरूलाई आर्थिक तनाव मात्र बढाएको छैन, संस्थागत संयन्त्रहरूमा समेत विश्वास गुम्दै गएको अवस्था छ । दुग्ध कृषकका गुनासो सम्बोधन गर्न र सहकारी प्रणालीमा विश्वास पुर्नस्थापित गर्न द्रुत र निर्णायक कदम चाल्न हामी सरकारसंग जोडदार माग गर्दछौ ’ महासंघले विज्ञप्तिमा भनेको छ ।
यसर्थ, ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको दुग्ध किसानको समस्या समाधानलाई प्राथमिकता दिन सरकारी निकाय र उद्योग प्रतिनिधि लगायत सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ । दुग्ध कृषकहरूसँग गरेका प्रतिबद्धताहरू पूरा गर्न र कृषकहरूको आर्थिक समृद्धि सुनिश्चित गर्न आवश्यक कदम चाल्न सरकारसँग महासंघले माग गरेको छ ।
देशभरका दुग्ध कृषकहरूले भोग्दै आएको बढ्दो संकटलाई मध्यनजर गर्दै केन्द्रीय दुग्ध सहकारी संघले विभिन्न क्षेत्रका कृषकसँग मिलेर सोमबारदेखि विरोध अभियान थालेको छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts

‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
१ फाल्गुन २०८१, बिहीबार
अध्यादेश संशोधन पहलको लागि राष्ट्रिय सहकारी बैंकले बुझायो महासंघलाई सुझाव
२९ माघ २०८१, मंगलवार
धेवा साझेदारीले तिरेन सहकारी बैंकको कर्जा, धितो लिलामी गर्न १५ दिने सूचना
२८ माघ २०८१, सोमबार