२१ भदौ २०८३, आईतवार

२६ वर्षमा हाम्रो साकोस, दिगो वित्तीय सेवा र संस्थागत शुसासन मुख्य प्राथमिकतामा

२०८० फागुन १३, आईतवार
२६ वर्षमा हाम्रो साकोस, दिगो वित्तीय सेवा र संस्थागत शुसासन मुख्य प्राथमिकतामा

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था स्थापनाको २६ वर्षमा प्रवेश गरेको छ । २९ जनाबाट दर्ता भई ४९ जनाको सहभागितामा कारोबार शुरु गरेको संस्थाले आजबाट २५ औं वर्ष पुरा गरेको हो ।

‘आपसी सहयोग, सदभाव र सामुहिकक हितका लागि सहकारी’ भन्ने संकल्पका साथ ललितपुर जिल्लाका विकट ग्रामिण भेगबाट विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका लागि काठमाडौं उपत्यकामा आएर बासोबास गर्ने समुदायको प्रतिधित्व गर्दै २०५५ साल फागुन १३ गते संस्था स्थापना भएको थियो ।

गत वर्ष २४ वर्ष पुरा भई २५ वर्ष प्रवेशको अवसरमा संकल्प गरेका २५ वटा कार्यक्रम सम्पन्न गरी संस्थाले रजत वर्ष सम्पन्न गरेको छ । यस रजत यात्रामा समुदायका सहकारीहरु बीच राम्रो पहिचान बनाउन सफल भएको संस्थाले दाबी गरेको छ । संस्थाले आफ्ना सदस्य, समुदाय तथा सरोकारवाला निकायहरु प्रतिको उत्तरदायित्व निर्वाह गरि नियमित सेवा प्रदान गरि रहेको छ ।

संस्था स्थापनादेखि हालसम्म संस्थामा आवद्ध सदस्यहरु, संस्था सञ्चालन आवद्ध सबै समिति उपसमितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, कर्मचारीहरुको लगायत सहयोगी र शुभेच्छुकको निरन्तर विश्वास, मेहनत, परिश्रम र लगावको प्रतिफल स्वरुप कार्यक्षेत्र भित्रका सफल सहकारी संस्थाहरु मध्ये एउटा सहकारीको रुपमा स्थापित हुन सफल भएको संस्थाले जारी गरेको प्रतिवद्धतामा भनेको छ ।

स्थापनाका २५ वर्षहरुमा आवद्ध सम्पूर्ण सदस्यहरुमा बचत सम्बन्धि सचेतना जगाई बचतलाई बानीको रुपमा विकास गर्दै पूँजी निर्माण गर्ने र संकलित पूँजीलाई उत्पादनशील र उद्यमशील क्षेत्रमा ऋण लगानी गर्ने, सदस्यहरु तथा समुदायमा वित्तीय सचेतना फैलाउने, विभिन्न विषयहरुमा जनसचेतना फैलाउने, सदस्यका विभिन्न अवस्थामा सामाजिक सुरक्षाका कार्यहरु गर्ने, सामुदायिक सचेतना तथा सामाजिक विकासमा सहकार्य गर्ने समयानुकुल प्रविधिमा आधारित अत्याधुनिक सेवा सहित सुमदाय र सदस्यको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षरुमा कार्य गर्दै आएको संस्थाले जनाएको छ ।

२५ वर्षको यात्रा पुरा गर्दा दिगो वित्तीय सेवा र वित्तीय सक्षमताका लागि संस्थागत शुसासनलाई मुख्य प्राथमिकतामा राखेर संस्थाले कार्य गर्दै आएको अध्यक्ष शम्भु प्रसाद फुयालले जानकारी दिए । देशमा तरलता संकुचनको समयमा समेत प्रयाप्त तरलता व्यवस्थापन गरि बचत तथा ऋण कारोबारलाई नियमित बनाउन सफल भएको उनले बताए ।

यस अवधिमा ७ हजार १ सय ८० जना सदस्य, १६ करोड २७ लाख शेयर पूँजी, १३ करोड ७३ लाख संस्थागत पूँजी, १ अर्ब २१ करोड ३३ लाख बचत, १ अर्ब ३१ कारोड ७८ लाख ऋण लागनी र कुल सम्पती १ अर्ब ७२ करोड २७ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए । संस्थाबाट २ हजार २ सय ६७ जनाले कर्जा लिएको समेत उनले बताए । संस्थासँग २१.१७ प्रतिशत तरलता छ । संस्थाले सदस्यबाट प्राप्त गरेको विश्वासको प्रतिफलको रुपमा प्राप्त आजको उपलब्धि रहेको उनले बताए ।

संस्थागत विकासमा नीति विधि, पद्धती र प्रविधिको आवलम्बन गरि आगामी दिनमा संस्थागत सुशासन कायम गर्दै प्रभावकारी सदस्य सेवामा लाग्ने र सेवाहरु विस्तार गर्ने प्रतिवद्धता संस्थाले व्यक्त गरेको छ ।

सदस्यहरुको समृद्धिका लागि कार्य गर्दै दिगो सहकारी निमार्ण गर्ने लक्ष्यसहित हाम्रो आगामी यात्रा तय भएको अध्यक्ष फुयालले बताए । सदस्य प्रति जवाफदेही र उत्तरदायी भएर निरन्तर कार्य गर्ने प्रतिवद्धता संस्थाले व्यक्त गरेको छ ।

अभिलेख

लोकप्रिय