नेचुरल सहकारीद्वारा बृहत् सदस्य शिक्षा तथा विस्तारित मञ्च
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाले बृहत् सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । प्रधान कार्यालय सदस्य केन्द्रीत कार्यक्रम संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका सचिव विकल्प पाठकले संस्थाको वर्तमान वित्तीय अवस्था, सदस्यहरु बीच जारी गरेको विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिका, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवाहरुका बारेमा जानकारी गराएका थिए । त्यस्तै वृतचित्रमार्फत संस्थाले गरेको गतिविधिलाई सदस्यहरु माझ प्रस्तुत गरिएको थियो ।

यसका साथै सदस्यहरु बीच अन्तरक्रिया पनि गरिएको थियो । सदस्यहरुले संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरुको बारेमा जिज्ञासा राखेका थिए । सदस्यहरुबाट आएको जिज्ञासालाई संस्थाका सचिव विकल्प पाठक र व्यवस्थापनले जवाफ दिएका थिए ।

कार्यक्रममा सञ्चालक समिति, लेखा समिति सुपरीवेक्षण समितिका पदाधिकारीहरु, सल्लाहकार, उच्च व्यवस्थापनका कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो ।

माघ २६ गते सम्पर्क कार्यालय काँडाघारी अन्तर्गतका सदस्यहरुबीच सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम आयोजना गरिएको थियो । संस्थाले हरेक वर्ष सदस्यहरु बीचमा यस्तो कार्यक्रम गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
