सरकारको उदासिनता र लापरवाहीले सहकारीको समस्या जटिलता तिर जाँदैछ: एमाले
काठमाडौं : सहकारीको बचत रक्षा दायित्व सरकारको भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बताएको छ । एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले सोमबार पत्रकार सम्मेलन गर्दै सहकारी क्षेत्रमा देखिएको समस्या यथासिघ्र समाधान गर्न सबै तहका सरकारको ध्यानाकर्षण समेत गराएको छ । सरकारी पक्षको उदासिनता र लापरवाहीले सहकारीको समस्या जटिलता तिर जाँदै गरेको समेत बताएको छ ।
सहकारीमा देखिएको समस्या मूलतः प्रणालीले दिएको अवसर माथि टेकेर गरिएको अभ्यासले सृजना भएको समेत एमालेले स्पष्ट पारेको छ । ‘करिब ३२ हजार सहकारी संस्था मध्ये केही मुठ्ठीभर सञ्चालकहरुले सहकारी सिद्धान्त, मूल्य र मान्यता बाहिर गएर गरेको अपचलनले बचतकर्ता सदस्यहरु आहातित छन् । हामी उनीहरुप्रति गम्भिर सहानुभुति राख्दछौं’, विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
सहकारी क्षेत्रलाई सिद्धान्त, मूल्य, मान्यता र निष्ठा अनुसार पुनउत्थान गर्नुपर्ने दायित्व नेकपा (एमाले) को काँधमा आएको सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारीले बताए । ‘सहकारी क्षेत्रमा देखा परेको दृष्टिकोणको विचलन, सञ्चालक, कर्मचारीमा देखिएको जीवनशैली एवं कार्यशैलीको विचलन र संगठनात्मक पद्धतिमा आएको विचलन विरुद्ध ठोस मार्गदर्शन र नीतिगत पहलकदमी आवस्यक छ’, अधिकारीले भने । सहकारीका विषयमा राजनीतिक दल एवं राज्यको दृष्टिकोण अस्पस्ट र अदुरदर्शी रहेको समेत एमालेले जनाएको छ ।
एमालेले सहकारी क्षेत्रको नियमनका नीतिगत पहलकदमी लागि सवालहरु, सहकारी क्षेत्रमा नीतिगत हस्तक्षप गरेन भने के हुन्छ र सहकारी क्षेत्रको नियमनका लागि नीतिगत मार्गदिशाका सवाल समेत उठाएको छ ।
सरकारले स्थानीय आवश्यकताको मूल्यांकन नगरि रातारात सहकारी संस्था दर्ता गर्ने, बचत ऋणको कारोवार गर्ने संस्थाको देशभर कार्यक्षेत्र स्विकृति दिने र अप्राकृतिक ढंगले एकिकरण गरिएको साथै कर्मचारीहरु नै अवान्छित कृयाकलापमा सामेल भएको पाईएको आरोप एमालेले लगाएको छ ।
सहकारी ऐनले व्यवस्था गरेको सहकारी ऋण असुलि न्याधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा ऋण सुरक्षण कोष स्थापना र कार्यान्वनका सन्दर्भमा सरकारको उदासिनता देखिएको विभागका प्रमुख अधिकारीले बताए । सहकारी क्षेत्रको संख्या र कारोबार विस्तारित भए अनुरुप सहकारी विभागको व्यवसायीक क्षमता विकास गर्न सरकारले आवश्यक चासो नदेखाएको समेत उनले बताए ।
‘सहकारी ऐनको व्याख्या र कार्यान्वयनमा स्वविवेकीय र स्वेच्छाचारी प्रवृत्ति बढेको छ । उत्पादकत्व बढाउने लक्षित लगानीका क्षेत्रमा ध्यान दिनुको सट्टा घरजग्गा, शेयर बजार, नीजि कम्पनीहरुमा लगानी भएकोले जोखिमको मात्रामा बृद्धि भएको छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
