२१ भदौ २०८३, आईतवार

नवदुर्गा भवानीको वित्तीय साक्षरता स्कूल स्कूलमा

२०८० फागुन ५, शनिवार
नवदुर्गा भवानीको वित्तीय साक्षरता स्कूल स्कूलमा

भरतपुर : नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले शुक्रबा भरतपुर–६, स्थिच श्री मा.वि. इन्द्रपुरीका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस अघि संस्थाले भरतपुर–५, स्थित श्री कैलाशनगर माध्यामिक विद्यालय र श्री राष्ट्रीय मावि तोरीखेतमा आयोजना गरेको थियो ।

शुक्रबार सम्पन्न कार्यक्रममा ९० जना विद्यार्थी सहभागी थिए । संस्थाले आफ्नो कार्यक्षेत्रका सम्पूण विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । स्कूले जीवनदेखिनै वित्तीय साक्षरताको ज्ञान आवश्यक रहने संस्थाका सचिव सचिव रामकृष्ण पौडेलले बताए ।

संस्थाले स्कूल स्कूलमा वित्तीय साक्षरत कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गरेको संस्थाकी उपाध्यक्ष सम्झना शर्माले बताईन ।

अभिलेख

लोकप्रिय