सहकारी बैंकलाई अन्तिम ऋण दाताको रुपमा विकास गरौं: पूर्व अर्थमन्त्री खतिवडा

धुलिखेल (काभ्रे) : पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सहकारी बैंकलाई अन्तिम ऋण दाताको रुपमा विकास गर्नुपर्ने बताएका छन् । ‘राष्ट्रिय सहकारी बैकले भूमिका परिमार्जन गर्ने बेला आएको छ’, उनले भने, ‘प्रारम्भिक सहकारीको तरलता व्यवस्थापनमा बैंक सहयोगी बन्नुपर्छ । त्यसैले सहकारी बैंकलाई अन्तिम ऋण दाताको रुपमा विकास गरौं ।’
जिल्ला सहकारी संघ लिमिटेड (डिस्फोक)को आयोजनामा आजबाट धुलिखेलको होटल सारथीमा सुरु भएको ‘सहकारी अर्थव्यवस्था गोष्ठी–२०८०’मा कार्यपत्र प्रस्तुत गर्दै खतिवडाले सहकारीको विद्यमान समस्यामा नियामक निकाय रमिते बनेको आरोप लगाए । केही सहकारीमा देखिएको समस्या समाधान गर्न कुनै चासो नदिई नियामक निकाय रमिते बनेको उनको आरोप थियो ।
सहकारीमा समस्या आउनुको कारण भनेको नाफामा केन्द्रीत हुन भएको समेत उनले बताए । मुनाफा सुनिश्चित चाँही गर्नुपर्ने तर अधिक मुनाफामा केन्द्रीत हुन नहुने उनको भनाई थियो । ‘सहकारीले सदस्यलाई दिने भनेकै सेवा हो । सेवा दिए वापत किन सेवा शुल्क लिएको’, उनले प्रश्न गरे ।
सहकारीको नियमन गर्न छुट्टै नियामक निकाय आवश्यक रहेको समेत उनले बताए । यसमा राष्ट्र बैंकले सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै सहकारी विकास बोर्डलाई खारेज गर्नुपर्ने बताए । आफू सरकारमा हुँदा खारेज गर्न खोजिएको बताउँदै पार्टीबाट खारेज गर्न नदिएको बताए ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार