सहकारी बैंकलाई अन्तिम ऋण दाताको रुपमा विकास गरौं: पूर्व अर्थमन्त्री खतिवडा
धुलिखेल (काभ्रे) : पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सहकारी बैंकलाई अन्तिम ऋण दाताको रुपमा विकास गर्नुपर्ने बताएका छन् । ‘राष्ट्रिय सहकारी बैकले भूमिका परिमार्जन गर्ने बेला आएको छ’, उनले भने, ‘प्रारम्भिक सहकारीको तरलता व्यवस्थापनमा बैंक सहयोगी बन्नुपर्छ । त्यसैले सहकारी बैंकलाई अन्तिम ऋण दाताको रुपमा विकास गरौं ।’

जिल्ला सहकारी संघ लिमिटेड (डिस्फोक)को आयोजनामा आजबाट धुलिखेलको होटल सारथीमा सुरु भएको ‘सहकारी अर्थव्यवस्था गोष्ठी–२०८०’मा कार्यपत्र प्रस्तुत गर्दै खतिवडाले सहकारीको विद्यमान समस्यामा नियामक निकाय रमिते बनेको आरोप लगाए । केही सहकारीमा देखिएको समस्या समाधान गर्न कुनै चासो नदिई नियामक निकाय रमिते बनेको उनको आरोप थियो ।
सहकारीमा समस्या आउनुको कारण भनेको नाफामा केन्द्रीत हुन भएको समेत उनले बताए । मुनाफा सुनिश्चित चाँही गर्नुपर्ने तर अधिक मुनाफामा केन्द्रीत हुन नहुने उनको भनाई थियो । ‘सहकारीले सदस्यलाई दिने भनेकै सेवा हो । सेवा दिए वापत किन सेवा शुल्क लिएको’, उनले प्रश्न गरे ।

सहकारीको नियमन गर्न छुट्टै नियामक निकाय आवश्यक रहेको समेत उनले बताए । यसमा राष्ट्र बैंकले सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै सहकारी विकास बोर्डलाई खारेज गर्नुपर्ने बताए । आफू सरकारमा हुँदा खारेज गर्न खोजिएको बताउँदै पार्टीबाट खारेज गर्न नदिएको बताए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार