सहकारीमा समस्या आउनुमा सञ्चालक मात्रै नभई सदस्य र सरकार पनि दोषी: अध्यक्ष मल्ल
धुलिखेल (काभ्रे) : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियानमा केही समस्या देखिनुमा सञ्चालक मात्रै नभई नियामक निकाय र सदस्यहरु पनि दोषी रहेको बताएकी छिन् ।
जिल्ला सहकारी संघ लिमिटेड (डिस्फोक)को आयोजनामा आजबाट धुलिखेलको होटल सारथीमा सुरु भएको ‘सहकारी अर्थव्यवस्था गोष्ठी–२०८०’को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष मल्ले सहकारी अभियान छिट्टै सुधार हुने बताए । कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष, ऋण असुली न्यायधिकरण गठन प्रक्रिाया अघि बढेको बताउँदै अध्यक्ष मल्ले बताईन । केही सहकारीमा देखिएको समस्याले सिंगो अभियानमा दाग लागेको बताउँदै उनले सदस्यहरुले समयमै कर्जा नतिर्दा पनि सहकारीहरु समस्यामा परेको स्पष्ट पारिन । सहकारीको बोर्ड राखेर निजी व्यवसाय जसरी सञ्चालन गर्दा समस्या आएको समेत उनले बताईन ।
‘सदस्य, सञ्चालक र नियामक निकाय सबै मिलेर सहकारीमा सुशासन कायम गराउने हो । अहिलेको समय भनेको सहकारीको मूल्यांकन गर्ने समय पनि हो’, उनले भनिन्, ‘अध्यारोबाट नै उज्यालो हुने हो । छिट्टै पहिलेको भन्दा पनि राम्रो अवस्थामा सहकारी जानेछ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार