सहकारी अर्थव्यवस्था गोष्ठी सुरु, समस्या समाधानका उपायहरुसहित कार्यदिशा निर्धारण गरिने
धुलिखेल (काभ्रे) : जिल्ला सहकारी संघ लिमिटेड (डिस्फोक)को आयोजनामा आजबाट धुलिखेलको होटल सारथीमा ‘सहकारी अर्थव्यवस्था गोष्ठी–२०८०’ सुरु भएको छ ।
‘सुरक्षित भविष्यको निमार्ण: सहकारी अर्थ प्रणालीको प्रवद्र्धन’ भन्ने मुल थिमका साथ सुरु भएको गोष्ठी भोली (माघ २६) गतेसम्म सञ्चालन हुनेछ । गोष्ठीमा ६ वटा कार्यपत्र प्रस्तुती तथा छलफल हुनेछ ।
गोष्ठीको उद्घाटन बागमती प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले गरेका छन् । संघका अध्यक्ष दिलीप शर्माको सभापतित्व सम्पन्न गोष्ठीको उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै स्थिरीकरण कोषका सञ्चालक प्रकाश बञ्जरा, बागमी प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटा लगायतको आतित्थ्यता रहेको थियो ।

गोष्ठीको पहिलो दिन ‘सहकारीको योगदान, समस्या, चुनौती र अवसरहरु’ विषयमा संघीय सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले प्रस्तुतीकरण गर्नेछन् । त्यस्तै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सहकारीमा अबकको रणनैतिक बाटो (उत्पादन, बजार र बजारीकण)’ विषयमा प्रस्तुतीकरण गर्नेछन् ।
त्यस्तै पहिलो दिनको अन्तिम कार्यपत्र प्रस्तोताको रुपमा नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनाली रहेका छन् । उनले ‘सहकारी क्षेत्रका नीतिगत र कानुनी व्यवस्था, अब गर्नुपर्ने सुधार’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

हाल सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका उपायहरुसहित आगामी कार्यदिशा निर्धारण गर्न गोष्ठीले मत्वपूर्ण योगदान गर्ने संघका अध्यक्ष शर्माले बताए । सहकारी अर्थतन्त्रको महत्व र भविष्यबारे विज्ञहरुबाट जिल्लाका अभियन्ता तथा व्यवस्थापकलाई प्रशिक्षित गर्दै सहकारी अभियानलाई अघि बढाउने हाम्रो सोचाईलाई सहकारी क्षेत्रमा कार्यरत सबै सरोकारवालाको क्षमता अभिवृद्धि गर्दै स्वस्थ्य ढङ्गले सहकारी सञ्चालन गर्न सहयोग पुर्याउनु गोष्ठीको उद्देश्य रहेको अध्यक्ष शर्माले बताए ।
सहकारीप्रतिको सकारात्मक धारणा विकास गर्न विद्यमान समस्यालाई तत्काल समाधान गर्दै अघि बढ्ने मार्गप्रशस्त गर्ने, जिल्लाका सहकारी संस्थाका समस्या नजिकबाट पहिल्याउने र स्थानीय तहका सरकारसँग सघन सम्वाद अघि बढाउने, सहकारी क्षेत्रमा नेतृत्व विकास गर्दै सहकारी अर्थप्रणालीलाई सुदृढ गर्ने उदाहरणीय कार्यका माध्यमबाट जिल्लाको अभ्यास अन्य क्षेत्रमा अनुशरण गर्न सहयोग पुर्याउने गोष्ठीको उद्देश्य रहेको उनले बताए ।
गोष्ठीमा सहकारीका व्यवस्थापन र सञ्चालहरुको उपस्थिती रहेको छ । कार्यक्रमको व्यवस्थापन कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेपलाञ्चोक र प्रर्वद्धन सहकारी महासंघको रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार