बागमती प्रोस्कूनद्वारा आयोजित ऋण व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले तीन दिवसीय ऋण व्यवस्थापन तालिम सम्पन्न गरेको छ । बागमती प्रोस्कूनले आफ्नै पाठ्यक्रम विकास गरी चितवन जिल्लाका बचत तथा ऋण सहकारीलाई लक्षित गरि आयोजना गरेको तालिम शनिवार सम्पन्न गरेको हो ।
तालिम समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम बागमती प्रोस्कूनका सञ्चालक तेजेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । २३ वटा संघ/संस्थाबाट २८ जनाको सहभागिता रहेको तालिम कार्यक्रमलाई १२ वटा सत्रमा विभाजन गरी विषयवस्तु पस्किएको थियो । साथै प्रयोगात्मक क्रियाकलाप साथै घटना अध्ययनमा आधारित भई सहभागीबीच सिकाई आदान प्रदान समेत भएको थियो ।
बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालको मुख्य प्रशिक्षण रहेको तालिम कार्यक्रममा कार्यक्रम अधिकृत नवराज घोरासाईनेले सहजीकरण र सहयोग गरेका थिए ।
समापन कार्यक्रमको अध्यक्षता गर्दै बागमती प्रोस्कूनका सञ्चालक खड्काले तालिमले सहभागीलाई थप दक्ष र परिपक्व बनाउने कामको साथ साथै उर्जा समेत प्रदान गरेको बताए । साथै स्तरीकरण कार्यक्रम कोशिस मार्फत संघले थप सेवा दिँदै गरेको प्रसंग जोड्दै सहभागी सम्पूर्णलाई सिकेका कुरा आफ्नो संस्थामा र कार्यस्थलमा कार्यन्वयन गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, सचिव गोविन्द काफ्ले, संघका अनुगमन तथा सुपरिवेक्षण समिति सदस्य हरिसचन्द्र सुवेदी, नेफ्स्कूनका पूर्व सञ्चालक भरतपप्रसाद दवाडी, म्यानेजर्स क्लव चितवनका अध्यक्ष मेघनाथ लामिछाने, लगायत विभिन्न संघसंस्थाका व्यवस्थापन प्रमुखहरुको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार