सदस्य सेवा सहकारीले सुरु गर्यो ‘इस्ट्यान्ट क्यास सेवा’
काठमाडौं : कोटेश्वर स्थित सदस्य सेवा बचत तथा ऋण सहकारी संस्थाले ‘इस्ट्यान्ट क्यास सेवा’ सुरु गरेको छ । संस्थाले मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी ‘एम बैंक’सँग सहकार्य गरी यो सेवा मंगलबारबाट सुरु गरेको हो ।
यस सेवा अन्तर्गत जुनसुकै मोबाईल बैकिङ एप प्रयोग गरी संस्थाबाट तुरुन्त नगद निकाल्न सकिने छ । बैंक तथा वित्तीय संस्था, विभिन्न वालेट र सहकारीहरुको मोबाइल बैकिङमा रहेको पैसा सदस्य सेवा सहकारीबाट नगद निकाल्न सकिने एम बैंकका संस्थापक सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठले जानकारी दिए ।
‘हाम्रो संस्थाको टेलरमा एउटा फोनपेको क्युआर राखिएको हुन्छ । उक्त क्युआरमा जुनसुकै मोबाईल बैकिङबाट रकम ट्रान्सफर गरिसकेपछि हामीले तुरन्त नगद उपलब्ध गराउछौं’, सदस्य सेवा सहकारीका अध्यक्ष सित्तल प्रसाद शर्माले भने, ‘यो सेवा सहकारीको लागि नयाँ हो । यो सेवाले सहकारीमा आवद्ध सदस्यहरुको विश्वास जित्ने हामीले अपेक्षा गरेका छौं ।´
यो सेवा प्रयोग गर्दा सहकारीले कुनै पनि शुल्क नलिने समेत उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार