हरेक महिनाको ८ गतेभित्र प्रतिवेदन बुझाउन सहकारीलाई निर्देशन

चितवन : राप्ती नगरपालिकाभित्र कार्य क्षेत्र भई सञ्चालित सहकारी संस्थाहरुले मासिक प्रतिवेदन ८ गतेभित्र बुझाउनुपर्ने भएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै तोकिएको समयभित्र सहकारी संस्थाहरुले मासिक प्रतिवेदन नबुझाएको भन्दै समयमै बुझाउन निर्देशन दिएको हो ।
पालिकाले प्रत्येक महिनाको ८ गतेभित्र मासिक प्रतिवेदनहरु बुझाउनुपर्ने, गत आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षण प्रतिवेदन, साधारण सभाको माईनुटको प्रतिलिपि, चालू आर्थिक वर्षका लागि साधारणसभाबाट पास भएको वार्षिक बजेट तथा कार्यक्रम, सञ्चालक समितिका पदाधिकारीहरुको विवरण र कार्यअवधि समेत बुझाउन निर्देशन गरेको हो ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० को वार्षिक समष्टिगत विवरण, आर्थिक वर्ष २०७९/०८० को कार्य समिति तथा लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, राजश्व खातामा १ हजार नगद तिरेको नगद रसिद र सञ्चालकहरुले लिएको ऋणको विवरण समेत बुझाउन निर्देशन गरेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार