बागमती प्रदेश साकोस समिटको रजिष्ट्रेशन खुला

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले ‘बागमती प्रदेश साको समिट २०८०’ भएको छ । ‘सहकारीको सुदृढिकरणको आधार: सहकार्य, एकता र विश्वास’ भन्ने थिमका साथ आगामी फागुन १६ र १७ गते भक्तपुरको गठ्ठाघरमा समिट आयोजना हुन लागेको हो ।
समिटको पहिलो दिन सहकारीको सुदृढिकरणको आधार: सहकार्य, एकता र विश्वास, कानुन कार्यान्वय र अभियानको शुद्धिकरणका लागि : सहकारी एकिकरण र वर्गीकरण, सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण: भावी जोखिम र कार्यान्वयन रणनीति विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
त्यसैगरी दोश्रो दिन दक्ष जनशक्ति पलायन: सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरणका उपायहरु, सहकारीको वर्तमान आवश्यकता: साझा अभियानका लागि साझा सञ्जाल, प्रभावकारी सेवाका लागि: जनशक्ति उत्प्रेरणा र सहकारी सुशासन प्रवद्र्धनमा प्रविधिमैत्री कारोबार भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुति तथा प्यानल डिस्कसन हुने आयोजक बागमती प्रोस्कुनले जनाएको छ ।
संघले पहिलो पटक बागमती प्रदेश भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई समेटेर यस्तो समिट गर्न लागेको हो । विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने भएकाले समिट प्रभावकारी र उपलब्धीमूलक हुने प्रोस्कुनको भनाई छ । संघले समिटका लागि रजिष्ट्रेशन खुला समेत गरेको छ ।
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार