विश्वका ३ सय ठूला सहकारीको सूची सार्वजनिक (प्रतिवेदन सहित)

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)ले विश्वका ३ सय ठूला सहकारीहरुको सूची सार्वजनिक गरेको छ । सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपियन रिसर्च इन्स्टिच्युट (यूरिक्स) को प्राविधिक सहयोगमा विश्वका ३ सय ठूला सहकारीहरुको सूची (‘टप थ्रिहन्ड्रेड’) केही दिन अघि सार्वजनिक गरेको हो ।
सन् २०२१ लाई आधार मानेर महासंघले कारोबार आधार र कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात गरी ‘वल्ड कोअपरेटिभ मनिटर २०२३’ सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार यी सहकारीहरुको कूल बार्षिक कारोबार २.४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी छ । अघिल्लो वर्ष ३ सय ठूला सहकारीहरुको संयुक्त कारोबार वार्षिक करिब २.१७ ट्रिलियन अमेरिकी डलर थियो ।
कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा भारतका इफ्को तथा अमूल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा फ्रान्सको ग्रुप एग्रिकोल रहेको छ । यसैगरी, वार्षिक कारोबारको आधारमा सूचीको पहिलो नम्बरमा फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल रहेको छ । दोस्रो नम्बरमा जर्मनीको रेभे र तेस्रो नम्बरमा ग्रुप बीपीसीई रहेको छ ।
पहिलो आधारमा १०५ कृषि सहकारी, ९६ बिमा सहकारी र ५७ थोक तथा खुद्रा सहकारी रहेका छन् । यस्तै, दोस्रो आधारका १०३ कृषि, ८७ बिमा सहकारी परेका छन् । थोक तथा खुद्रा सहकारी व्यवसाय ५६ वटा रहेका छन् । ३९ वटा वित्तीय सहकारी यो आधारमा ‘टप थ्रिहन्ड्रेड’ भित्र परेका छन् भने वार्षिक कारोबारको आधारमा २७ वटा वित्तीय सहकारी मात्र परेको आईसीएको प्रतिवदेनमा उल्लेख छ ।
यसैगरी, वार्षिक कारोबारको आधारमा युरोपका १ सय ६६ देशका सहकारीहरु ३ सय ठूला भित्र परेका छन् भने दक्षिण र उत्तर अमेरिकाका गरी ९४ वटा सहकारी तथा एशिया प्रशान्तका ४० सहकारी सूचीमा अटाएका छन् ।
प्रतिवेदन
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार