१३ माघ २०८१, आईतवार

इन्द्रराज ज्योति पौडेलको राजिनामा स्वीकृत

२०८० माघ १५, सोमबार
इन्द्रराज ज्योति पौडेलको राजिनामा स्वीकृत

नवलपरासी : जिल्ला सहकारी संघ नवलपरासी (ब.सु.पूर्व)ले इन्द्रराजज्योति पौडेलको राजिनामा स्वीकृत गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ उपाध्यक्ष पदबाट पौडेलले दिएको राजिनामा स्वीकृत गरेको हो ।

पौडेल पौष ८ गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै पौडेलले जिल्ला सहकारी संघ नवलपरासी (ब.सु.पूर्व)को वरिष्ठ उपाध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

सहकारी ऐन, २०७४ को दफा ४१ को उपदफा (५) अनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम पौडेलले निर्वाचिच भएलगत्तै राजिनामा दिएका थिए ।

पदबाट हटेपनि संघलाई आवश्यक परेको अवस्थामा साथ र सहयोग रहिरहने प्रतिवद्धता समेत पौडेलले व्यक्त गरेका छन् । पौडेल विकू साकोस गैंडाकोटका पूर्व अध्यक्ष समेत हुन् ।

अभिलेख

लोकप्रिय