बागलुङ बचत संघको अध्यक्षमा पुन: चण्डिप्रसाद शर्मा
बागलुङ : बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघको १२ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षका लागि चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
शनिवार बागलुङ बजारमा सम्पन्न साधारण सभाले पुनः शर्माकै अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र ऋषीराम गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा गणेशवहादुर खत्री, सचिवमा अर्जुनप्रसाद कँडेल, सह–सचिवमा उत्तम वहादुर महत, कोषाध्यक्षमा लिलादेखि खड्का के.सी., सदस्यहरुमा चिनी थापा काला, लक्ष्मी शर्मा, सरिता किसान, थमप्रसाद शर्मा, होमनाथ अर्याल, तेजबहादुर कुँवर, हरिवहादुर भण्डारी र मुकुन्दप्रसाद शर्मा तथा लेखा तथा सुपरीवेक्षण समितिको सदस्यमा शिवप्रसाद आचार्य र चन्द्र विश्वकर्मा चयन भएका छन् ।
त्यस्तै, साधारण सभाले सल्लाहाकारको रुपमा धुर्वप्रसाद शर्मालाई समेत चयन गरेको छ ।
साधारण सभामा सचिव ऋषीराम गौतमद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को प्रगती प्रतिवेदन तथा २०८०/०८१ को प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष लिलादेवी खड्का के.सी.द्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझिद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ ।
संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, बा।न।पा।–१२ का वडा अध्यक्ष कोपिलामणि शर्माको प्रमुख आतिथ्यता, उपाध्यक्ष गणेशवहादुर खत्रीको स्वागत र सचिव ऋषीराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा काठेखोला गाउँपालीका वडा नं। १ का अध्यक्ष खड्कवहादुर थापा र नवनियुक्त सल्लाहाकार धुर्व प्रसाद शर्माले नयाँ समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा नवनियुक्त अध्यक्ष शर्माले पछिल्लो समयमा जिल्लाको सहकारी अभियानमा देखिएका समस्या समाधान गरी सदस्यहरु माझ धर्मराएको विश्वासलाई पुन जागरण तर्फ लैजाने नवनियुक्त सञ्चालक समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार