सहकारीमा ‘पोजेटिभ भाइब्रेसन’ ल्याउन विचार गोष्ठी गर्दै पोखरा रोयल
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘सकारात्मक सोच र सहकारी’ विषयक एक दिने बिचार गोष्ठी यही माघ १३ गते गर्दैछ ।
पोखराको रोयल दिदीबहिनी किचन बुद्धचोकमा आयोजना गरिएको गोष्ठीको मुख्य उद्देश्य सहकारीमा सकारात्मक उर्जा सञ्चार गर्नु हो । गोष्ठीलाई कर्ण शाक्यले सहजिकरण गर्नेछन् ।
असम्भवलाई कसरी सम्भव बनाउने, असफलतालाई कसरी सफलतामा परिणत गर्ने र अफ्ठ्याराहरुलाई कसरी सहजतामा बदल्ने विषयमा उनको निजी र सार्वजनिक जीवनबाट धेरै सिक्न सकिने पोखरा रोयल साकोसले जनाएको छ ।
अनुभवी शाक्यले युवाहरुमा उद्यमशीलता, सृजनशीलता, कर्मशीलताका कुराहरु सुनाउँदै अभिप्रेरणा जागृत गर्ने विश्वास पोखरा रोयल साकोसले लिएको छ ।
‘पोजेटिभ भाइब्रेसनका लागि यो कार्यक्रम राखेका हौं’, संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले भने, ‘सहकारी क्षेत्रलाई अहिले चाहिएको नै ‘पोजेटिभ भाइब्रेसन’ हो । काम त हामीले राम्रो गरिरहेका छौं तर केहीले बद्मासी गर्दाको परिणामका कारण बिस्तारै बिग्रिरहेको भाष्य सुधारका लागि यो प्रयास हो ।’ शाक्यको अनुभव र संवाद सहकारी क्षेत्रका लागि नौलो ‘टेष्ट’ हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बताए ।
संस्था र सदस्यबीच दोहोरो चिनाजानी र नियमित सम्पर्क भएको अवस्थामा सहकारीमा समस्या नै नहुने गुरुङ बताउँछन् । ‘संस्थामा अफ्ठेरो परेको बेला ‘सरभाइभल टु रिभाइभल’ का विषयमा शाक्यको अनुभव साँच्चै सुन्न र मनन गर्न लायक छ । सहकारी क्षेत्रका लागि पनि यो सिकाइ प्रभावकारी हुने विश्वास लिएका छौं, उनले भने ।
कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, युथ लिडरहरु तथा उच्च व्यवस्थापनसँगै स्थानीय सहकारीकर्मीहरु सहभागी हुने संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले बताए । कार्यक्रममा करिब २ सयको सहभागिता रहने अपेक्षा गरिएको ढकाले बताए । गुगल फारममार्फत वा कार्यालयमा सम्पर्क गरी नाम सहभागिता सुनिश्चित गर्न सकिने सूचना अधिकारी समेत रहेका ढकालले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार