सहकारीमा ‘पोजेटिभ भाइब्रेसन’ ल्याउन विचार गोष्ठी गर्दै पोखरा रोयल

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘सकारात्मक सोच र सहकारी’ विषयक एक दिने बिचार गोष्ठी यही माघ १३ गते गर्दैछ ।
पोखराको रोयल दिदीबहिनी किचन बुद्धचोकमा आयोजना गरिएको गोष्ठीको मुख्य उद्देश्य सहकारीमा सकारात्मक उर्जा सञ्चार गर्नु हो । गोष्ठीलाई कर्ण शाक्यले सहजिकरण गर्नेछन् ।
असम्भवलाई कसरी सम्भव बनाउने, असफलतालाई कसरी सफलतामा परिणत गर्ने र अफ्ठ्याराहरुलाई कसरी सहजतामा बदल्ने विषयमा उनको निजी र सार्वजनिक जीवनबाट धेरै सिक्न सकिने पोखरा रोयल साकोसले जनाएको छ ।
अनुभवी शाक्यले युवाहरुमा उद्यमशीलता, सृजनशीलता, कर्मशीलताका कुराहरु सुनाउँदै अभिप्रेरणा जागृत गर्ने विश्वास पोखरा रोयल साकोसले लिएको छ ।
‘पोजेटिभ भाइब्रेसनका लागि यो कार्यक्रम राखेका हौं’, संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले भने, ‘सहकारी क्षेत्रलाई अहिले चाहिएको नै ‘पोजेटिभ भाइब्रेसन’ हो । काम त हामीले राम्रो गरिरहेका छौं तर केहीले बद्मासी गर्दाको परिणामका कारण बिस्तारै बिग्रिरहेको भाष्य सुधारका लागि यो प्रयास हो ।’ शाक्यको अनुभव र संवाद सहकारी क्षेत्रका लागि नौलो ‘टेष्ट’ हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले बताए ।
संस्था र सदस्यबीच दोहोरो चिनाजानी र नियमित सम्पर्क भएको अवस्थामा सहकारीमा समस्या नै नहुने गुरुङ बताउँछन् । ‘संस्थामा अफ्ठेरो परेको बेला ‘सरभाइभल टु रिभाइभल’ का विषयमा शाक्यको अनुभव साँच्चै सुन्न र मनन गर्न लायक छ । सहकारी क्षेत्रका लागि पनि यो सिकाइ प्रभावकारी हुने विश्वास लिएका छौं, उनले भने ।
कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, युथ लिडरहरु तथा उच्च व्यवस्थापनसँगै स्थानीय सहकारीकर्मीहरु सहभागी हुने संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले बताए । कार्यक्रममा करिब २ सयको सहभागिता रहने अपेक्षा गरिएको ढकाले बताए । गुगल फारममार्फत वा कार्यालयमा सम्पर्क गरी नाम सहभागिता सुनिश्चित गर्न सकिने सूचना अधिकारी समेत रहेका ढकालले बताए ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार