चण्डेश्वरी साकोसको सामुदायिक विद्यालय सहयोग आजाद मा.बि.लाई
बनेपा : चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, बनेपाले सामुदायिक विद्यालय सहयोग कार्यक्रम अन्तर्गत बनेपा-५, स्थित आजाद माध्यामिक बिद्यालयलाई ३० हजार बराबर साउण्ड सीस्टम हस्तान्तरण गरेको छ।
आज विद्यालयको प्रङ्गणमा बिद्यार्थीहरुको उपस्थीतिमा भएको औपचारिक कार्यक्रममार्फत संस्थाका अध्यक्ष नबिन भक्त बादे श्रेष्ठले बिद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठलाई साउण्ड सीस्टम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा संस्थाका सीईओ झलेन्द्र दाहाल, सह सचिव रोशना राजबंशी, सञ्चालक सदस्य मनोहरी पोटे, बचत बिभाग प्रमुख सत्य नारायण श्रेष्ठको उपस्थीति थियो ।
कार्यक्रममा संस्थाका सीईओ दाहालले संस्थाले हरेक वर्ष समुदायिक बिद्यालयलाई लक्षित गरि यस प्रकारको सहयोग गर्ने गरेको बताए । साथै सो साउण्ड सिस्टम प्रयोग गरि विद्यार्थीहरुले आफ्नो गायन उद्घोषण जस्ता कलामा निखार ल्याउन प्रयोग गर्न विद्यार्थीहरुलाई सुझाव दिए।
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले हरेक वर्ष समुदायीक विद्यालय सहयोग कार्यक्रम गर्ने गरेको छ । अघिल्लो वर्ष बनेपा-४, नाला स्थित चण्डेश्वरी माध्यामिक विद्यालयलाई खानेपानी प्युरिफायर हस्तान्तरण गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार