किसान बहुउद्देश्यीय सहकारीको २९औं साधारण सभा, अध्यक्षमा सुरेन्द्र शाह निर्वाचित
कैलाली : किसान बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह निर्वाचित भएका छन् । पौष २७ गतेदेखि लम्कीमा शुरु भएको संस्थाको २९ औं साधारण सभाबाट अध्यक्ष सुरेन्द्र शाह लगायत सञ्चालक समिति र लेखा समितिसमेत निर्विरोध निर्वाचित भएका हुन् ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा टीकेन्द्र थापा, सचिवमा लोकराज तिमिल्सैना, कोषाध्यक्षमा मयाराम धमाला, सहसचिवमा दिनेश कुमार चलाउने, सदस्यहरुमा पतिराम चौधरी, जयरुप बुढा, मनिराम न्यौपाने, सरोजकुमार शाह, चन्द्रा सिंह, निरबहादुर शाह र्निविरोध निर्वाचित भएका छन ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा नृप वहादुर कुँवर, सदस्यमा देवानन्द जैशी बजगाई र कृष्ण बहादुर रावल निर्वाचित भएका छन । यस्तै सहकारीको जिल्ला प्रतिनिधिमा नमराज उपाध्याय समेत निर्विरोध र्निवाचित भएका छन्।
किसान बहुउद्देश्यीय सहकारीको २९औं वार्षिक साधारण सभा, खुद नाफा १३ करोड ३१ लाख
किसान बहुउद्देश्यीय सहकारी संस्थाले २९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद शाहको अध्यक्षतामा एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले सहकारी अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको बताउँदै सहकारीलाई उत्पादन र उत्पादकत्वसँग जोड्न सकेमात्रै सरकारले लिएको समृद्ध नेपालको संकल्प पूरा गर्न सकिने उल्लेख गरिन् । सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन, संस्थाहरु सहकारी मुल्य मान्यतामा रहेर अनुशासित हुन आवश्यक रहेको उनले औंल्याइन् ।
संस्थाका अध्यक्ष शाहले सामान्य पुँजीबाट शुरु भएको संस्थाले हाल ६ जिल्लाका ४१ सेवाकेन्द्रमार्फत् २९१ कर्मचारीबाट सदस्यलाई सेवा प्रदान गरिरहेको जानकारी दिए । गत आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कुल कारोबार ४ अर्ब ९३ करोड ७८ लाख ४२ हजार पुगेको उनले बताए । गत आर्थिक वर्षमा संस्थाले १३ करोड ३१ लाख ४२ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले शुसासनमा नरहेका सहकारीमा अहिले समस्या देखिएको औंल्याउँदै किसान बहुउद्देश्यीय सहकारी सुशासनमा रहेकोले प्रगतिको बाटोमा अघि लम्केको जनाए ।
२०५२ सालमा कैलालीको लम्कीमा मुख्य कार्यालय रहने गरी स्थानीय २५ जनाले ६० हजार ३ सय शेयर पुँजी संकलन स्थापना गरेको संस्थाको चुक्ता शेयर पूँजी ३१ करोड २४ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
