सहकारी स्वास्थ्य संस्थालाई पनि बिमामा आबद्ध हुने बाटो खुला
काठमाडौं : स्वास्थ्य बीमा बाेर्डले सहकारीले सञ्चालन गरेको स्वास्थ्य संस्थाहरूलाई पनि बिमामा आबद्ध हुन बाटो खोलिदिएको छ ।
बोर्डले यही पुस ८ गतेदेखि लागु हुने गरी निजी, सामुदायिक तथा सहकारी संस्थाहरूले दिएको आवेदनका आधारमा उनीहरूलाई पनि बिमामा आबद्ध हुन सक्ने गरी सहमति दिने निर्णय भएको बिमा बोर्डले जनाएको हो । तर, सरकारी संस्थाहरूमा सेवा उपलब्ध नभएमा मात्र बिमितहरुले निजी, सामुदायिक तथा सहकारी संस्थाहरूमा सेवा लिन पाउनेछन् ।
यसैगरी बोर्डले हाल कायम प्याकेजको व्यवस्थालाई हटाइ ओपीडी टिकटको ५० र इमर्जेन्सी टिकटको २ सय रुपैयाँ तोकिएको छ । यसअघि प्याकेजमा ओपीडी टिकटको २ सय र इमर्जेन्सीको ४ सय पर्ने गर्थ्यो ।
यसबाहेक नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित अस्पतालमा समेत बिमा लागू गर्न स्वीकृति दिने निर्णय बोर्डले गरेको छ । त्यसबाहेक सम्पूर्ण सरकारी संस्थाहरूमा बिमा लागु गर्ने निर्णय भएको समेत बोर्डले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार