सहकारी स्वास्थ्य संस्थालाई पनि बिमामा आबद्ध हुने बाटो खुला

काठमाडौं : स्वास्थ्य बीमा बाेर्डले सहकारीले सञ्चालन गरेको स्वास्थ्य संस्थाहरूलाई पनि बिमामा आबद्ध हुन बाटो खोलिदिएको छ ।
बोर्डले यही पुस ८ गतेदेखि लागु हुने गरी निजी, सामुदायिक तथा सहकारी संस्थाहरूले दिएको आवेदनका आधारमा उनीहरूलाई पनि बिमामा आबद्ध हुन सक्ने गरी सहमति दिने निर्णय भएको बिमा बोर्डले जनाएको हो । तर, सरकारी संस्थाहरूमा सेवा उपलब्ध नभएमा मात्र बिमितहरुले निजी, सामुदायिक तथा सहकारी संस्थाहरूमा सेवा लिन पाउनेछन् ।
यसैगरी बोर्डले हाल कायम प्याकेजको व्यवस्थालाई हटाइ ओपीडी टिकटको ५० र इमर्जेन्सी टिकटको २ सय रुपैयाँ तोकिएको छ । यसअघि प्याकेजमा ओपीडी टिकटको २ सय र इमर्जेन्सीको ४ सय पर्ने गर्थ्यो ।
यसबाहेक नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित अस्पतालमा समेत बिमा लागू गर्न स्वीकृति दिने निर्णय बोर्डले गरेको छ । त्यसबाहेक सम्पूर्ण सरकारी संस्थाहरूमा बिमा लागु गर्ने निर्णय भएको समेत बोर्डले जनाएको छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार