आश्रय बहुउद्देश्यीय सहकारीको १५औं साधारण सभा सम्पन्न

काठमाडौं : ताहाचल स्थित आश्रय बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शुक्रबार र शनिबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष प्रेम कृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न साधाणरण सभामा बागमती प्रदेश सभामा सांसद शैलैन्द्र मान बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी सहकारी बिज्ञ केशब बहादुर थापाको समेत आतिथ्यता रहेको थियो ।
सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मानन्धरले आर्थिक वर्ष २०७९/८० मा सेयर पुँजी २ करोड ९९ लाखबाट बढेर ३ करोड २७ लाख पुगेको बताए । त्यस्तै सञ्चालन आम्दानी ५२ लाखबाट बढेर ६३ लाख पुगेको जानकारी दिए ।
संस्थाको बचत तथा निक्षेप दायित्व १५ करोड ६१ लाख र कर्जा लगानी तथा सापट १५ करोड ७२ लाख कायम भएको अध्यक्ष मानन्धरले बताए ।
संस्थाले यस अवधिमा कर्मचारी खर्च घटाएको छ । संस्थाले कर्मचारी खर्च ५० लाखबाट ४७ लाख तथा प्रशासनिक खर्च २३ लाखबाट घटाएर १५ लाख कायम गरेको छ ।
सभामा संस्थाका १५ जना सदस्यहरुलाई सम्मान तथा प्रोत्साहन स्वरुप उपहार प्रदान गरिएको संस्था प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार