सहकारी अभियानको शीर्षस्थ निकायको नेतृत्वमा ओमदेवी, सबै पदमा निर्विरोध
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । २०५० सालमा स्थापना भएको राष्ट्रिय सहकारी महासंघमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएका हुन् ।
२५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष थिईन । उनी एक कार्यकाल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य समेत भैसकेका छन् । संविधानसभा सदस्य समेत रहेकी मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भएका छन् । पोखरेल यस अघि उपाध्यक्ष थिए । पोखरेल राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुन् । यसैगरी नवनिर्वाचित उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त रहेकी छिन् ।
पछिल्लो संशोधिन विनियम अनुसार पटक तीन उपाध्यक्ष कायम भएको हो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित भएका छन् । महासंघको नवनिर्वाचित संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल चयन रहेका छन् ।
साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार