७ वैशाख २०८२, आईतवार

सहकारी महासंघ निर्वाचन: कांग्रेस र माओवादी निर्वाचनमा सहभागी नहुने

२०८० पुष २७, शुक्रबार
सहकारी महासंघ निर्वाचन: कांग्रेस र माओवादी निर्वाचनमा सहभागी नहुने

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्र निकट सहकारीकर्मी सहभागी नहुने भएका छन् ।

निर्धारित कार्यक्रम अनुसार आज उम्मेदवारी कार्यक्रम थियो । निर्धारित समयमा दुबै दल निकटका सहकारीकर्मीको कुनै पनि उम्मेदवारी परेन ।

दुबै दल निकटका सहकारीकर्मीले पत्रकार सम्मेलन गरेर निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस र माओवादी केन्द्रका सहकारी विभागका प्रमुख समेत सहभागीता थियो ।

अभिलेख

लोकप्रिय