सहकाली सहकारी संस्थाको कुल सम्पत्ति १ अर्ब ८५ करोड ५८ लाख

काठमाडौं : कागेश्वरी मनोहर नगरपालिका-९, मा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका उपाध्यक्ष मुकुन्द प्रसाद अधिकारीको सभापतित्वमा भएको साधारण सभामा कागेश्वरी मनोहरा नपा वडा नं ९ का वडा अध्यक्ष अनिल थापा र जिल्ला सहकारी संघ काठमाडौंका सचिव बालकुमार बास्तोलाको आतिथ्यता रहेको थियो ।
सभामा उपाध्यक्ष अधिकारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समाजमा छरिएर रहेको स सानो पुँजीलाई एकिकृत गरी सहकारीको माध्यमबाट सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा लगानी गर्दै आएको बताए ।
‘समुन्न भविष्यको लागि हाम्रो सयुक्त अभियान,सहकालीमा निरन्तर बचत हाम्रो दरिलो पहिचान’ भन्ने उदेश्यका साथ २०६४ सालमा २८ जना सदस्य र ६ लाख ३९ हजार शेयर पुँजीबाट संस्था सुरु भएको उनले बताए । संस्थाले आर्थिक बर्ष २०७९्८० को असार मसान्तसम्म १० करोड ८१ लाख ८३ हजार शेयर पुँजी, १९ करोड ९७ लाख ८१ हजार जगेडा तथा अन्य कोष,१ अर्ब १३ करोड ५९ लाख बचत संकलन र १ अर्ब ४९ करोड ५८ लाख ऋण लगानी गरेको उनले सभामा जानकारी दिए ।
संस्थामा ३७४७ सदस्य आवद्ध रहेका छन् भने ८ करोड ७० लाख माथी स्थिर सम्पति रहेको छ । संस्थाको त्यस अवधिमा १ अर्ब ८५ करोड ५८ लाख कुल सम्पति पुगेको उनले बताए । संस्थाले गत आर्थिक बर्षमा १ करोड ४९ लाख १४ हजार खुद मुनाफा आर्जन गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले यस आर्थिक बर्षमा सदस्य केन्द्रीत सेवा तथा सुविधा प्रदान गरी संस्थागत सुशासन कायम गर्ने,सामाजिक कार्यहरुलाई प्राथामिकताका साथ अगाडी बढाउने, सदस्यहरुलाई स्माट सहकारी सुविधा प्रदान गर्न सुरु गर्ने, सदस्यहरुको माध्यमबाट कृषि र पर्यटनमा लगानी गर्ने, १० लाखसम्मको ऋणको वीमा गर्ने ,सदस्यहरुमा उद्यमशिलता विकास गर्ने र नविनत प्रविधिको प्रयोग गरी सदस्यलाई आधुनिक सेवा दिने योजना अगाडी सारेको छ । सभामा कोषाध्यक्ष किशोर बस्नेतले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक कुमार प्रसाद चालिसेले समितिको प्रतिवेदनमा सभामा प्रस्तुत गरेका थिए ।
समितिको प्रतिवेदन प्रस्तुत गर्दै चालिसेले संस्थाको ब्याज मुल्तवी हिसाव बर्षेनी बढेर गएकाले ऋण लगानी तथा असुली उपसमिति मार्फत कार्यविधि निर्माण गरी यथाशिघ्र असुल उपर गर्न र भाखा नाघेको र उठाउन नसकिने ऋणहरुलाई अभिलेखन गर्ने नीतिलाई निरन्तरता दिन सुभाव दिएका छन् ।
संस्थाले विभिन्न बचत खातामा सञ्चालनमा ल्याई सदस्यबाट बचत संकलन गर्दै आएको छ भने संकलित बचतलाई सदस्यहरुको माग अनुसार व्यवसायिक, कृषि तथा पर्यटन,हायर पर्चेच, सामुहिक,आवाधिक, सामाजिक, आवास,अटो र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार