राष्ट्रिय सहकारी महासंघमा उम्मेदवारी दर्ताको दस्तुर निर्धारण
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको निर्वाचनको लागि उम्मेदवारी दस्तुर निर्धारण गरिएको छ । महासंघको ३१ औं साधारण सभा आज र भोली (पौष २७ र २८) हुँदैछ ।
जस अनुसार आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन समितिले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको पदाधिकारी एवं सदस्यका लागि उम्मेदवारी दस्तुर निर्धारण गरेको छ ।
जस अनुसार अध्यक्ष पदका लागि २० हजार निर्धारण गरिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र लेखा सुपरिवेक्षण समितिका संयोजक पदका लागि १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । सञ्चालक समिति सदस्य र लेखा सुपरिवेक्षण समिति सदस्य पदका लागि १० हजार निर्धारण गरिएको प्रमुख निर्वाचन अधिकृत हिमादेबी बस्नेतले जानकारी दिईन ।
निर्वाचन समितिका अनुसार नियमानुसार उम्मेदवारी फिर्ता लिने उम्मेदवारको हकमा निजले बुझाएको उम्मेदवारी दस्तुर (धरौटी रकम) फिर्ता हुने जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार