२२ भदौ २०८३, सोमबार

जिल्ला सहकारी संघ काठमाडौंमा पाँच पदाधिकारी निर्विरोध

२०८० पुष २६, बिहिबार
जिल्ला सहकारी संघ काठमाडौंमा पाँच पदाधिकारी निर्विरोध

काठमाडौं : जिल्ला सहकारी संघ काठमाडौंको अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव र लेखा समिति संयोजक निर्विरोध भएका छन् ।

संघको २९ गते हुने निर्वाचनको लागि आज उम्मेदवारी दर्ता कार्यक्रम थियो । अध्यक्ष पदमा सुमन केसी, उपाध्यक्षमा अमरावती महर्जन, महिला उपाध्यक्षमा विष्णुकुमारी चौलागाई, महासचिवमा बालकुमार बास्तोला र लेखा समिति संयोजकमा रविन्द्र श्रेष्ठको मात्रै उम्मेदवारी परेको छ ।

त्यस्तै सचिवमा सुर्दशन थापा र सनोज भट्टराईको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सीता भट्टराई र देवनारायण चौलागाईको उम्मेदवारी परेको छ।

अभिलेख

लोकप्रिय