२२ भदौ २०८३, सोमबार

दोलखा बचत संघको अध्यक्षमा पुन: भुमिराज खड्का, महासचिवमा तेन्जिङ शेर्पा

२०८० पुष २६, बिहिबार
दोलखा बचत संघको अध्यक्षमा पुन: भुमिराज खड्का, महासचिवमा तेन्जिङ शेर्पा

चरिकोट : दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा पुन भुमिराज खड्का चयन भएका छन् । संघको आज सम्पन्न २५औं वार्षिक साधारण सभाले अध्यक्षमा पुन खड्कालाई सर्वसम्वत चयन गरेको हो ।

खड्का एकिकृत फ्रेण्डसीप साकोसको प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा जगत प्रसाद सुवेदी (प्रगती साकोस), उपाध्यक्षमा नारायण बहादुर श्रेष्ठ (मिलिजुली कालिञ्चोक साकोस), महासचिवमा तेन्जिङ शेर्पा (नव जनउत्थान साकोस), सचिवमा शर्मिला सापकोटा (परोपकार महिला साकोस) र कोषाध्यक्षमा परशुराम कार्की (जनश्रमिक साकोस) निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा ध्रुर्व सापकोटा (अर्थभूमी साकोस), डम्बर बहादुर खड्का (जनकल्याण बहुउद्देश्यीय साकोस), भानुदेवी नेपाली (शिवशक्ति साकोस), मिङमा छेकी शेर्पा (ग्रामीण साकोस), मीना जिरेल (आकाशदीप साकोस), मन्दिरा लामिछाने (हाम्रो तामाकोशी साकोस), डम्बर बहादुर आचार्य (श्री कालिनाग साकोस), सीताराम दाहाल (जनचेतना साकोस), लक्ष्मी दाहाल (हाम्रो जनकल्याण साकोस) र मेघराज के.सी. (प्रगतिशील साकोस) चयन भएका छन् ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा गोपालध्वज श्रेष्ठ (जनसचेतन साकोस) चयन भएका छन् भने सदस्यहरुमा कृष्ण कुमार श्रेष्ठ (भीमेश्वर साकोस) र कालिका ओली ( शिक्षक कल्याण साकोस) चयन भएकी छिन् ।

अभिलेख

लोकप्रिय