पोखरा रोयलले १३.५% मै लगानी गर्ने, व्यवस्थापन शुल्क समेत नलिने
कास्की : पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई साढे १३ प्रतिशतमा ऋण लगानी गर्ने भएको छ ।
संस्थाले आगामी माघ १ गतेबाट लागू हुनेगरी शेयर सदस्यहरुलाई सर्वसुलभ व्याजदरमा ऋण प्रवाह गर्ने उद्देश्यले सरकारले तोकेको सन्दर्भ ब्याजदर भन्दा साढे दुई प्रतिशत बिन्दु कममा ऋण प्रवाह गर्ने नीति तय गरेको हो ।
यसका लागि संस्थाले माघ १ गतेबाट एक सय दिनसम्म मिसन १०० योजना संचालन गरेर एकजना सदस्यलाई एक करोडसम्म लगानी गर्ने र लगानीमा व्यवस्थापन शुल्क नलिने नीति बनाएको हो ।
संस्थाले उक्त योजनामा ऋण लिने सदस्यलाई १३ दशमलव ५० प्रतिशत मात्र ब्याजदर लिने संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीले पारेको असरले सदस्यहरुमा पर्न गएको असरलाई न्युनीकरण गर्ने उद्देश्यलेले सदस्यहरुलाई हाल कायम रहेको व्याजदरमा एक प्रतिशत व्याज कम गर्ने निर्णय पनि गरेको ढकालले जानकारी दिए ।
संस्थामा हाल १ हजार ३९१ जनाले ऋण उपभोग गरिरहेको जनाइएको छ । संस्थामा ९ हजार १ सय १५ जना सदस्य, २० करोड ४५ लाख शेयर पुँजी र १ अर्व ७० करोड निक्षेप बचत रहेको छ ।
१ अर्ब ७१ करोड ऋण लगानी, तरलता ३१.१० प्रतिशत, शुद्ध संस्थागत पुँजी १८ करोड ७० लाख छ भने कुल वासलात २ अर्ब ३२ करोड रहेको जनाइएको छ । संस्थाले एटिएम सेवा, मोबाईल बैकिङ्ग सेवा, एसएमएस सेवा र क्यूआर कोड प्रविधी मार्फत भुक्तानी सेवालाई सहजीकरण बनाउदै आईरहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरि २ हजार बढी सदस्यहरुमा सामुहिक सहकारी लघु ऋण कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले नियमित रुपमा सदस्यलाई सहकारी शिक्षा, विस्तारित मञ्च, वित्तीय परामर्श, वित्तीय साक्षरता, प्रविधी साक्षरता, युवा तथा महिला केन्द्रित उधमशिलता सम्वन्धि सचेतना अभियान संचालन गरिरहेको छ।
त्यसैगरी सामुदायिक हितका दर्जनौ कार्यक्रमहरु सञ्चालन गरिरहेको र सदस्यसंग रोयल भन्ने कार्यक्रम लोकप्रिय रुपमा अगाडी बढीरहेको सूचना अधिकारी ढकालले बताउनुभयो ।
संस्थाको कास्की, तनहुँ, स्याँङ्गजा, पर्वत र लमजुङ्ग गरि ५ जिल्ला कार्यक्षेत्र र बुद्धचोक पोखरा, दुलेगौडा तनहुँ, भण्डारढिक कास्की र मोहरिया कास्कीमा सेवा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
