२२ भदौ २०८३, सोमबार

सदस्य हितमा पोखरा रोयल सहकारी: ऋणको साविक ब्याजदरमा १ प्रतिशत कम

२०८० पुष २५, बुधबार
सदस्य हितमा पोखरा रोयल सहकारी: ऋणको साविक ब्याजदरमा १ प्रतिशत कम

कास्की : पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य हितमा बोल्ड डिसिजन गरेको छ । कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीले सदस्यहरुमा परेको असरलाई न्यूनिकरण गर्न ऋणको साविक ब्याजदरमा १ प्रतिशत कम गर्ने निर्णय गरेको संस्थाका मुख्य प्रबन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

हाल संस्थाले १ हजार ३ सय ९१ जना सदस्यलाई १ अर्ब ७१ करोड ऋण लगानी गरेको समेत ढकालले बताए । ‘सबै ऋणी सदस्यहरुरुको ऋणको साविक ब्याजदरमा १ प्रतिशत कम गर्ने निर्णय गरेका हौं’, ढकालले भने, ‘ब्याज तिर्न बाँकी सदस्यहरुको हकमा पनि यो दर लागू हुन्छ ।’ संस्थाले सदस्यहरुको हितलाई मध्येनजर गर्दै यस्तो निर्णय गरेको ढकालले बताए ।

संस्थाले ऋणको प्रकृति अनुसार १५ देखि १६ प्रतिशतसम्म ब्याजदर कायम गरेको थियो ।

संस्थामा ९ हजार १ सय १५ जना सदस्य आवद्ध छन् । संस्थाको २० करोड ४५ लाख शेयर पुँजी, १ अर्ब ७० करोड निक्षेप बचत, १ अर्ब ७१ करोड ऋण लगानी, तललता ३१.१० प्रतिशत (५३ करोड १२ लाख), शुद्ध संस्थागत पुँजी ८.१८ प्रतिशत (१८ करोड ७० लाख) छ भने कुल वासलात २ अर्ब ३२ करोड पुगेको छ ।

प्रतिस्पर्धी वित्तीय बजारलाई मध्यनजर गर्दै संस्थाले केही वर्षदेखि विधुतीय सेवालाई तीव्रताका साथ सदस्य माझ पु¥याईरहेको छ । हाल संस्थाले एटिएम सेवा, मोबाईल बैकिङ्ग सेवा, एस एम एस सेवा र क्यू आर कोड प्रविधी मार्फत भुक्तानी सेवालाई सहजीकरण बनाउदै आईरहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरि २ हजार बढी सदस्यहरुमा सामुहिक सहकारी लघु ऋण कार्यक्रम सञ्चालन गर्दै सहज र सरल वित्तीय सेवा गाँउ गाँउमा पुर्याईरहेको छ ।

संस्थाले नियमित रुपमा सहकारी शिक्षा, विस्तारित मञ्च, वित्तीय परामर्श, वित्तीय साक्षरता, प्रविधी साक्षरता, युवा तथा महिला केन्द्रित उधमशिलता सम्वन्धि सचेतना अभियान र सामुदायिक हितका दर्जनौ कार्यक्रमहरु सञ्चालन गरिरहेको र सदस्यसँग रोयल भन्ने कार्यक्रम लोकप्रिय रुपमा अगाडी बढीरहेको छ ।

हाल संस्थाको कास्की, तनहुँ, स्याँङ्गजा, पर्वत र लमजुङ्ग गरि ५ जिल्ला कार्यक्षेत्र कायम छ भने बुद्धचोक पोखरा कास्की, दुलेगौडा तनहुँ, भण्डारढिक कास्की र मोहरिया कास्कीमा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

अभिलेख

लोकप्रिय