राष्ट्रिय सहकारी महासंघ निर्वाचन: २८७ केन्द्रीय प्रतिनिधि कायम
काठमाडौं : यही पौष २७ र २८ गते हुने राष्ट्रिय सहकारी महासंघको निर्वाचन सहितको ३१ औं बार्षिक साधारण सभाका लागि २८७ केन्द्रीय प्रतिनिधि कायम भएको छ ।
महासंघको बुधबार बसेको सञ्चालक समितिको २१० औं बोर्ड बैंठकले मापदण्ड पुरा गरेका २८७ सदस्य संघहरुको केन्द्रीय प्रतिनिधिलाई कायम गर्ने निर्णय गरेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिईन । महासंघमा ३१८ सदस्य संघहरु आवद्ध भएपनि २८७ सदस्यले मात्रै आवश्यक मापदण्ड पुरा गरेका हुन् ।
कोशी प्रदेशबाट ५८, मधेशबाट ३०, बागमतीबाट ८८, गण्डकी र लुम्बिनीबाट ३७/३७, कर्णालीबाट १४ र सुदुरपश्चिमबाट २३ केन्द्रीय प्रतिनिधि कायम भएको महाप्रबन्धक सुब्बाले जानकारी दिईन । सबैभन्दा बढी बागमती प्रदेशबाट सदस्य कायम रहेको छ भने कर्णालीबाट सबैभन्दा कम १४ केन्द्रीय प्रतिनिधि कायम भएको छ ।
सबैभन्दा बढी सदस्यता कायम भएको जिल्ला ललितपुर रहेको छ । जसका १० सदस्य जिल्ला संघका प्रतिनिधि यस पटकको साधारण सभामा प्रतिनिधित्व गर्नेछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार