जिल्ला सहकारी संघ काठमाडौंको चुनाव २९ गते, यस्तो छ निर्वाचन कार्यक्रम !
काठमाडौं : जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंको २४औं वार्षिक साधारण सभा पौष २९ हुँदैछ । निर्वाचन सहितको साधारण सभा भएका कारण संघमा चुनावी सरगर्मी बढेको छ ।
२४औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन गर्नेछ । संघको विनियम अनुसार अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष एकएक जना रहने व्यवस्था छ । त्यस्तै सञ्चालकमा ९ जना निर्वाचित हुनेछन् । त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक १ र सदस्य २ जना रहने व्यवस्था छ ।
संघले निर्वाचन गराउनेको लागि रामचन्द्र सिम्खडाको संयोजकत्वमा निर्वाचन उपसमिति समेत बनाईसकेको छ । निर्वाचन उपसमितिले निर्वाचनको कार्यक्रम समेत पौष २२ गतेनै प्रकाशन गरिसकेको छ । उक्त कार्यक्रम अनुसार मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दावी विरोध, छानविन तथा अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारी दरखास्त फारम वितरण, उम्मेदवारी दरखास्त फारम दर्ता र उम्मेदवारको पहिलो नामावली प्रकाशन पौष २६ गते रहेको छ ।
उम्मेदवारी उपर दावी विरोध तथा उम्मेदवारी फिर्ता लिने, विरोध उपर छानविन तथा निर्णय र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम पौष २७ गते रहेको छ । त्यस्तै पौष २९ साधारण सभा सम्पन्न भएपश्चात् मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार