२२ भदौ २०८३, सोमबार

खेमबहादुर पाठकको जीवन संघर्षमा आधारित पुस्तक ‘साना किसान’ विमोचन

२०८० पुष २३, सोमबार
खेमबहादुर पाठकको जीवन संघर्षमा आधारित पुस्तक ‘साना किसान’ विमोचन

काठमाडौं : सहकारी अभियन्ता खेमबहादुर पाठकको जीवन संघर्षमा आधारित पुस्तक ‘साना किसान’ विमोचन भएको छ । उक्त पुस्तकको बिमोचन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज विमोचन गरेका हुन् ।
पुस्तक भित्र खेमबहादुर पाठकको बाल्यकालदेखि १९ वर्षमै प्रधानपन्चहुँदा तत्कालिन पंचायती व्यवस्था तथा प्रशासको गिरफ्तारी, यातना, मार्ने आदेश, सुँगुरको खोरमा बास हुँदाका काहाली लाग्दा दिनहरु लाई शब्दरुपी क्यानभासमा पस्किने प्रयास गरिएको छ ।

त्यसैगरी, साना किसान बिकास आयोजनालाई प्रसाशनद्वारा ठुलै अवरोध हुँदा हुँदै पनि चैनपुर, धादिङमा संचालन गर्न सफल हुदाँका संघर्ष, चैनपुर धादिङमा ग्रीन रोड जस्तो जनसहभागिता मूलक विकासको मोडेल सफलता पूर्वक सम्पन्न भएर अन्तर्राष्ट्रिय चर्चा बटुल्न सफल भएको, द्वन्दकालमा साना किसान सहकारी संस्था र गरिव किसानहरुले भोग्नु परेको भयावह अवस्था र त्यो अवस्थाबाट किसानहरुलाई मुक्ति दिलाउनको लागि पटक पटक मृत्युको मुखमा पुग्नु परेको, साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत गरिव किसानहरुको सामाजिक आर्थिक रुपान्तरणको अहिलेसम्मको यात्रामा आएका उतार चढावहरु र नेपाल कृषि सहकारी केन्द्रीय संघ स्थापनादेखि अहिलेको अवस्थामा ल्याउनको लागि झेल्नुपरेका सकसहरु र साना किसान बिकास बैंक हुँदै साना किसान लघुवित्त वित्तीय संस्थाका उपलब्धिहरु, नेपाल कृषि सहकारी गठन गर्दा भोग्नुपरेका लामो कठिनतम तपस्या र संघका उपलब्धिहरुलाई पुस्तकले पस्किने प्रयास गरेको छ ।

साथै कोभिडकालमा पाठकले भोग्नुपरेको लामो उच्चाबास, अस्पतालको सैयामा छटपटाउँदाका पीडादायी पलहरु र पटक पटक मृत्युको मुखमा पुग्नु परेको भयावह दृश्यलाई पुस्तकका शब्दहरुमा अटाउने प्रयास गरिएको छ ।

पुस्तकका लेखक प्रकाश पाण्डे हुन् ।

अभिलेख

लोकप्रिय