चण्डेश्वरी साकोसका कर्मचारीहरूलाई सदस्य सम्बन्ध विकास तालिम
काभ्रे : बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सदस्य सम्बन्ध विकास तालिम शनिबार सम्पन्न भएको छ ।
सहकारीमा सदस्यहरुसँगको सम्बन्ध सुमधुर र बलियो बनाउन दक्षता बिकास गर्ने उद्देश्यका साथ संस्थामा कार्यरत कर्मचारीहरूलाई तालिम प्रदान गरेको संस्थाले जनाएको छ ।
तालिम समापन समारोह बोल्दै संस्थाका अध्यक्ष नवीन भक्त बादेले तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा उतार्न कर्मचारीहरुलाई आग्रह गरे ।
सहकारी संस्थाको सबैभन्दा महत्वपूर्ण विषय सदस्यहरुसँगको सम्बन्ध भएकोले संस्था र सदस्यबिचको सम्बन्ध दिगो र जीवन्त बनाउन सके मात्रै संस्थागत सफलता कायम हुने कुरामा जोड दिए ।
तालिमलाई सहजिकरण गर्दै राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत राजकुमार बरालले आफ्ना सदस्यहरूसँग सम्बन्ध स्थापना गर्न सर्वप्रथम सदस्यसँगको बोली, व्यवहार र शैली, सदस्य सेवा प्रवाहको तरिका, सेवाको गुणस्तर र सन्तुष्टिलाई विशेष महत्व दिनुपर्नेमा जोड दिए ।
संस्थाको शिक्षा तालिम तथा समाज कल्याण उप–समितिको संयोजक जितेन्द्र भक्त पोटेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संस्थाका सल्लाहकार बालभक्त प्रधान, सचिव बुद्धरत्न मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालले सञ्चालन गरेको तालिममा २२ जना कर्मचारीहरुले सहभागिता थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार