सदस्यसँग जेष्ट आइडियोलोजी साकोस: दिगो संस्था निर्माणमा सदस्यको भूमिका बुझाउन विस्तारित मञ्च
काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’ कार्यक्रम सम्पन्न गरेको छ ।

सदस्यहरुलाई अझै गुणस्तरीय, विश्वसनीय र विस्तारित सेवा प्रदान गर्नुका साथै सदस्यहरुलाई संस्था प्रति थप अपनत्वको भावना विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाको शिक्षा उप–समितिको संयोजन र सेवा केन्द्र काँडाघारिको आयोजनामा शुक्रबार विस्तारित मञ्चको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख वक्ताको रुपमा सञ्चारकर्मी नरेस भट्टराई रहेका थिए भने सञ्चालक समिती, सल्लाहकार, उपसमिति लगायत ४ सयभन्दा बढी सेयर सदस्यहरुको उपस्थिती थियो । प्रमुख वक्ताको रुपमा रहेका सञ्चारकर्मी भट्टराईले सदस्यहरुसँग प्रत्यक्ष रपमा जोडिएर कारोबार गर्ने सहकारीमा समस्या नआउने बताएका थिए । जेष्ट आइडियोलोजी सहकारीले सदस्य हितमा गरेका गतिविधिबाट आफू प्रभावित भनेको र आफू पनि सदस्य बन्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा संस्थाका सचिव बाबुराम आचार्यले कार्यक्रमको उद्देश्य, दिगो संस्था निमार्णमा सदस्य शिक्षाको भूमिका र महत्वको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । त्यसैगरी संस्थाका व्यवस्थापक आरती श्रेष्ठले जेष्ट आइडियोलोजी सहकारी संस्थाको वर्तमान अवस्था, संस्थाले प्रदान गरिरहेको सेवा सुविधा, वित्तीय साक्षरता, सहकारीमा प्रविधिको प्रयोग, सहकारीमा सदस्यहरुको भूमिका जस्ता विषयमा प्रस्तुतिकरण गरेकी थिईन ।

महालक्ष्मी कम्प्लेक्स, खिचापोखरी, न्यूरोडमा मुख्य कार्यालय रहेको यस संस्थाले हरेक सेवा केन्द्र र मुख्य कार्यालय स्तरमा विस्तारित मञ्च आयोजना गर्दै आएको छ ।
कार्यक्रममा दिगो सहकारी संस्था निर्माणको लागि सदस्यले के गर्ने? भन्ने विषयमा समेत जानकारी गरार्ईएको थियो । दिगो संस्था निर्माणको लागि सदस्यहरुले आफुले कबुल गरेको मासिक बचत तथा ऋणको किस्ता नियमित रूपमा भुक्तान गर्ने, आफ्नो सबै आर्थिक कारोबार संस्थाबाट चलाउने, संस्थाले बोलाएको बैठक तथा सभाहरूमा सक्रियताका साथ सहभागी भई सुझाब दिने, सदस्य एवं समुदायको हित र विकासको कार्यमा सञ्चालकलाई सहयोग पुयाउने, संस्थाको प्रचार प्रसार गर्ने एवं संस्थागत विकासमा सकरात्मक योगदान पुर्याउने, एक सदस्य एक नयाँ सदस्यको अभियानमा सहयोग पुयाउनु पर्ने जानकारी गराईएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष हेम बहादुर कार्कीले सदस्यहरुबाट आएको जिज्ञासाको जवाफ र आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेष्ट आइडियोलोजी सहकारीमा आबद्ध सदस्यहरूद्वारा उत्पादित घरेलु सामाग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा शिलतारा मसला उद्योगद्वारा उत्पादित सामाग्री, वायाङ डेरी उद्योगद्वारा उत्पादित सामाग्री, निस ट्रेडिङ कम्पनीद्वारा उत्पादित सामाग्री, पिस स्पोर्ट हाउसद्वारा उत्पादित सामाग्री र नबिना श्रेष्ठद्वारा उत्पादित हस्तकला सामाग्री राखिएको थियो ।



अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार