मिलिजुली कालिञ्चोक साकोसका समितिलाई क्षमता अभिबृद्धि तालिम
दोलखा : चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. को ३०औं बार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको क्षमता अभिबृद्धिसम्बन्धी उच्चस्तरीय तालिम (सीयूडीसीसी) नवलपुरको गैडाकोटमा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षता आयोजित तालिमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून)का लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलले गरेका थिए । त्यस्तै तालिमको समापनमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल सहभागी थिए ।
चार दिवसीय तालिम सहजीकरण नेफ्स्कूनका तालिम विभाग प्रमुख प्राचार्य सञ्जयराज तिमिल्सिना र तालिम अधिकृत कोमलराज अधिकारीले गरेका थिए ।
समापनमा कार्यक्रममा अध्यक्ष चन्द्र प्रसाद ढकालले संस्थाको नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई बधाई दिदै सीयूडीसीसीमा बनेको कार्ययोजना बमोजिम अघि बढ्न सुझाउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय संकटको बेला पनि सहज रुपमा सञ्चालन हुने सहकारी संस्थाहरुलाई स्मरण गर्दै उहाँले स्तरीकरण कार्यक्रममा सहभागी भई सुशासनमा सञ्चालित सहकारी संस्थाहरुलेनै अभियानको छवि उच्च बनाउने बताए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इन्द्रराज ज्योति पौडेलले सहकारी संस्थाहरु सुशासनमा सञ्चालन हुनुपर्ने कुरामा जोड दिए । सहकारी संस्थामा लेखा सुपरिवेक्षण समितिले सक्रियताका साथ कार्य गरी सञ्चालक समितिलाई सही मार्गमा हिडाउनु पर्ने उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार