२२ भदौ २०८३, सोमबार

कास्की बचत संघको अध्यक्षमा शेरबहादुर कार्की निर्वाचित

२०८० पुष २२, आईतवार
कास्की बचत संघको अध्यक्षमा शेरबहादुर कार्की निर्वाचित

पोखरा : कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको २३औं वार्षिक साधारणसभा तथा अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा ईश्वर प्रसाद सुवेदी, सचिवमा मिनराज तिमिल्सिना, कोषाध्यक्षमा केशव शरण पौडेल, राष्ट्रिय प्रतिनिधिमा बर्षा केशव पराजुली रहेका छन् ।

त्यस्तै सञ्चालक समितिको सदस्यहरुमा किरण अधिकारी, दिपक राज घिमिरे, मेनका पौडेल, बृन्दा सुवेदी, कल्पना श्रेष्ठ, जानकी अधिकारी रहेका छन् ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा केशव प्रसाद ढकाल साथै सदस्यहरुमा किसान परियार र कृष्ण प्रसाद पोखरेल निर्वाचित भएका छन् ।

अभिलेख

लोकप्रिय