आवास विशिष्टिकृत सहकारी संघको तेस्रो साधारण सभा सम्पन्न, यस्तो छ आगामी रणनीति
काठमाडौं : राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघको तेस्रो वार्षिक साधारण सभा शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रदीप थापाको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेको प्रमुख आथिथ्यतामा सम्पन्न भएको हो ।
‘शुलभ, सुरक्षित र व्यवस्थित बासस्थानका लागि आवास सहकारी’ भन्ने मूल उद्देश्यका साथ सहकारी ऐन २०७४ को दफा ९ को उपदफा (१) बमोजिम संघको स्थापना भएको थियो ।
साधारण सभामा संघका महिसचिव विकल्प पाठकले सञ्चालक समितिको तर्फबाट प्रगती तथा कार्ययोजना, कोषाध्यक्ष राजकुमार लामाले आव २०७९/८० को वार्षिक प्रतिवेदन र आव २०८०/८१ को अनुमानित आय व्यय विवरण सभामा प्रस्तुत गरेका थिए । त्यस्तै लेखा सुरपरीवेक्षण समितिको तर्फबाट संयोजक सुशिलकुमार बस्न्यातले लेखा प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष थापाले ग्रामिण तथा नगरोन्मुख क्षेत्रमा जग्गा विकास, पर्याप्त पूर्वधार र सरल शुलभ एवम् सुरक्षाको व्यवस्थासहित आवासीय र व्यवसायिक घडेरी बिक्री वितरण, हाउजिङ्ग सेवा व्यवसायिक भवनहरुको निर्माण, कृषि, आवास बस्तीको निर्माणको उद्देश्यसहित संघ स्थापना भएको बताए ।

संघ स्थापना भएको प्रारम्भिक चरणदेखि नै बाह्य परिस्थितिको प्रतिकुलताका कारण लक्ष्य र उद्देश्य अनुरुपका कृयाकलापहरु सञ्चालन गर्न बाधा सिर्जना भएको थापाले बताए । स्थापनाको सुरुका वर्षमा कोभिड १९ को विश्वव्यापी महामारी र त्यसपछि आर्थिक मन्दीको चपेटाको सामना गर्नुपर्दा लक्ष्य र उद्देश्य अनुसारको आवास परियोजना सञ्चालन गर्न कठिनाई भएको स्पष्ट पारे ।
‘अर्कोतर्फ केही सहकारी संस्थाहरुको स्वेच्छाचारी प्रवृत्तिका कारण सहकारीमा समस्या देखियो । घरजग्गा, शेयर बजारमा लगानी गर्दा सदस्यको बचत फिर्ता गर्ने सामर्थ्य गुमाउँदा सहकारीका आदर्श, सिद्धान्त र मूल्य मान्यतामा आधारित रही समुदाय केन्द्रित भई सञ्चालनमा रहेका सहकारी संस्थाहरुको समेत विश्वास गुम्दै आएकोले संघमा सदस्यता आवद्ध गराउन तथा भएका सदस्यहरुबाट पूँजी वृद्धि गरी संघको बृहत क्षेत्रमा लगानी गर्ने उद्देश्य प्राप्तीमा समस्या पैदा हुनले संघको गतिशिलतामा प्रभाव पारेको छ’, अध्यक्ष थापाले भने ।

सदस्यता विस्तार, सातै प्रदेशमा उपसमिति निर्माण, आवश्यक नीति तथा कार्यविधि निर्माण गरेर संघ अघि बढ्ने अध्यक्ष थापाले बताए । काठमाडौं उपत्यकामा पहिलो सहकारी आवास परियोजना निमार्ण गरी त्यसको सफलतापछि सातै प्रदेशमा परियोजना सञ्चालन गरिने समेत उनले बताए ।
त्यस्तै संघका महासचिव विकल्प पाठकले वित्तीय बजारमा आएको समस्या सहकारीहरुमा पनि परेको र जसको कारणले सोचेजति संघले प्रगती गर्ननसकेको स्पष्ट पारे । तेस्रो वार्षिक साधारण सभासम्म आईपुग्दा हालसम्मको गतिविधिले आगामी दिनमा गति लिनसकिन्छ भन्ने आशा जागृत हुँदै गएको बताए । विभिन्न चुनौतीहरुका बीच पनि संघले उल्लेख्य प्रगरी गरेको बताए ।

चालु आर्थिक वर्षमा संघमार्फत गर्न सकिने योजनाहरुको सम्भाव्यता अध्ययन गर्नुका साथै आगामी आर्थिक वर्षदेखि संघको व्यवसायिक क्षमता विकासका लागि रणनीतिक योजना तयार गरिने बताए । संघले सामूहिक आवास परियोजनाहरु, बस्ती विकास कार्यक्रमहरु, आवास कोलनीहरुको विकास, घरेडी विकास आयोजनाहरु, आवास निर्माणका लागि प्राविधि सहयोग, सुरक्षित आवास विकास कार्यक्रम, कृषि बजार व्यवस्थापन, सामूहिक तरकारी खेती प्रर्वद्धन, उत्पादन क्षेत्र र उत्पादनको सम्भावना नभएको क्षेत्रको वर्गिकरण्मा सहयोग पुर्याउने कामहरु अघि बढाउने महासचिव पाठकले बताए ।

आय व्ययको विवरण प्रस्तुत गर्दै संघका कोषाध्यक्ष राजकुमार लामाले सेयर पुँजी ११ करोड ८० लाख, जगेडा तथा अन्य कोषमा ५ करोड ५० लाख रहेको बताए । संघको कुल सम्पत्ती १७ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कार्यक्रममा संघका सल्लाहकार समेत रहेका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले उद्देश्य अनुसार रिजल्ट आउने गरी काम गरेर देखाउन सुझाव दिए । त्यस्तै संघका सल्लाहकार भेष नारायण दाहालले तत्काल परियोजना निमार्ण गरी लो कष्ट हाउजिङ्ग संघ जानुपर्ने बताए । सहकारीको छवी सुधारका लागि सहकारी आवास परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
साधारण सभाले विभिन्न प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष २०७९/८० को आम्दानीबाट सदस्यहरुलाई १३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई साधारण सभाले पारित गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार