वागेश्वरी कृषि सहकारीको ८औं वार्षिक साधारण सभा सम्पन्न
रामेछाप : श्री वागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लि।को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष खड्ग बहादुर श्रेष्ठको सभापतित्व एवं खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यस्तै कार्यक्रममा खाँडादेवि गाउँपालिका वडा नं १, राकाथुमको वडा अध्यक्ष राम कुमार श्रेष्ठ, संस्थापक अध्यक्ष रुद्र बहादुर श्रेष्ठ, खाँडादेवी१, राकाथुमको वडा सदस्य दुर्गा बिक, निवर्तमान वडा सदस्य डिलबहादुर श्रेष्ठ, बागेश्वरी आधारभुत विद्यालयको अध्यक्ष नरबहादुर श्रेष्ठ, बिस्वोमित्र गुफा बाताबरण सरक्षण समिती अध्यक्ष रत्न काजी श्रेष्ठ, साइनिङ स्टार युवा मन्चका अध्यक्ष चक्र घिसिङ, बागेश्वरी आधारभूत विद्यालयको प्रधानाध्यापक असिम श्रेष्ठ, खाँडादेवी जेसिसका कार्यकारिणी उपाध्यक्ष तेजकुमार श्रेष्ठ, प्र। स। नि। बिमल श्रेष्ठ, धारापानी युवा एकता समाजका वरिष्ठ सल्लाहकार राम भक्त श्रेष्ठको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
संस्थाकाअध्यक्ष खड्कबहादुर श्रेष्ठले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुदीप श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन रामकुमार श्रेष्ठ, ऋण समितिको प्रतिवेदन मिनकुमार (प्रबिन) श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष राजकुमार श्रेष्ठ, धन्यवाद मन्तव्य संस्थाको सदस्य ईश्वर श्रेष्ठ र कार्यक्रमको सञ्चालन सस्थाको सचिव विनोदकुमार श्रेष्ठले गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार